भ्रष्टाचारी, अकुत सम्पत्ति र छोरो

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७०

हरेक बालक आमाको सुन्दर कोखबाट जन्म लिन्छ। आमाको कोखबाटै उसले आफ्नो आमाको पर्याप्त माया प्राप्त गर्ने हुनाले उसको अस्तित्व यस लोकमा पदापण हुन्छ। आमाको मायामा अनिकाल परेको बालक सायद धरतिको अस्तित्वको लागि सङ्र्घर्ष गर्न असमर्थ हुन्छ। बालक जन्मनु एउटा साधारण घटनामात्र  होइन अपितु सम्बन्धित परिवार, छरछिमेक साथै उसका इष्टमित्रमा पनि हर्षको सञ्चार हुन्छ। जन्मदैमा बालक एउटा जैविकीय प्राणी, अनजान शिशु तर भविष्यका लागि आशाका किरणहरूले परिलक्षित हुन्छ। मानिसले मनाउने साना ठूला र रमाइला चाड पर्वजस्तै आमाको कोखबाट बच्चा जन्मनु वा जन्माउनु पनि एक प्रकारको चाड जस्तै हो। जसरी  चाडबाडको माध्यमबाट मानिसमा सुख, शान्ति र सम्वृद्धिको तर·हरू उनीहरूका घर दैलोमा पुग्दछन्। त्यसरी नै कयौ दिनसम्म व्यग्र प्रतीक्षामा बसेका परिवारले नयाँ पाहुनाको आगमनपश्चात् ताजा योजना र साहसीलो भावना एकाएक प्राप्त गरेको अनुभव गर्छ।

हरेक नाबालक जन्मदैमा नेता बनेर जन्मदैन। अनि बालक जन्मदैमा कर्मचारी भएर पनि जन्मदैन। बालक कुनै पार्टीको पिछलग्गु भएर  जन्म लिएको हुन्छ भन्न पनि सान्दर्भिक हुँदैन। एउटा बालकले काङ्ग्रेसको कोखमा जन्म लियो भन्दैमा ऊ अन्ततोगत्वा काङ्ग्रेसै हुन्छ भनेर भन्न पनि सकिँदैन। त्यस्तै कुनै शिक्षित परिवारमा जन्मेको बालक भविष्यमा शिक्षित हुन्छ नै भनेर ग्यारन्टीका साथ भन्न सकिँदैन। परन्तु हामी सबैको कामना भने आ -आफ्नो गच्छेअनुसार हुन्छ। यो स्वभावि र मानवि विशेषता पनि हो। त्यसैले एउटा अवोध बालक सबैको लागि प्रिय त यसै छँदैछ ऊ भविश्यमा सुयोग्य बनोस् भन्ने आमधारणा पनि उत्तिकै प्रवल हुन्छ।

फूलजस्तो बालकलाई चोर, घूसखोरी, वदमास, डाँका बनाउने जिम्मा समाज वा उसको रहन सहन अझै जिम्मेवार आफ्नै नजिकको परिवेश हो। पढेर सक्षम भएपछि जागिर गर्ने वा पढ्नमा डुकुलन्ठु निस्केममा नेता बन्नु, त्यति पनि भएन भने मरुभूमिमा भेडा चराउन जानु यी सब उसैसँगका मतियारहरूबाट सिक्ने हो। आज लाग्छ, आफ्नो कर्तव्यमा अत्यन्त्य इमान्दार व्यक्ति कहिल्यै पनि सफल नेता बन्न सक्दैन। आफ्नो मानविय मूल्य मान्यता, लाज, सर्म, घिन, पाप, दुरात्मालाई सिरोधार्य गर्नसक्ने मानिसमात्र हाम्रो परिवेसमा नेता बनेका छन्। उनीहरू आफू बस्ने सहर वा गाउँदेखि पढ्ने कलेजसम्म, आफू आसक्त भएर लागेको पार्टीलेखि सरकारसम्म भ्रष्टाचारको जालोलाई संस्थागत गराउनमा तत्पर छन्। नेपालको शिक्षा नीति विद्यार्थीलाई चोर र भ्रष्टाचारी बनाउने पक्कै पनि छैन तर जव व्यक्ति पार्टीको पछाडि लागेर हिँड्छ तब ऊ नामी भ्रष्टाचारीहरूको स·तमा आफूलाई अनायस प्राप्त गर्दछ। स-सानो पकेट खर्चको भ्रष्टाचारबाट उसले आफ्नो जीवन सुरु गर्छ र पछि राष्ट्रियस्तरको कुख्यात भ्रष्टाचारी बन्दछ।

हाम्रो देश नेपालमा प्रजातन्त्रको लर्डाई र सोको प्राप्तिपछि कयौं नेताहरू कुनै दलको लठ्ठो समातेर सत्ताको स्वाद चाख्ने अवसर पाए। सो अवसर प्रायः सबै ठूला दल र केही साना दलले पनि लिए। प्रजातन्त्रको नौनो बिहानीपछि सरकारको स्थायित्वमा दलहरूकै अकर्मण्यताले गर्दा सराप पर्‍यो। त्यसैले सत्तामा पुग्न सफल दलका कुभावनाले चुर्लुम्म भएका नेता भनाउँदाहरूले कसरी कुन प्रकारले हुन्छ आफूलाई राष्ट्रको सम्पत्ति हात पार्नमा उद्यत भए। नेपालका पुराना वा नया नेताहरू सबैलाई नै लक्ष्मी मोहको बात लागेको छ। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ‘एनेकपा माओवादीका प्रचण्डलाई उनको सबैभन्दा ठूलो कमजोरी भनेकै पैसा हो’ भने (चक्रव्यूह, २७०)। उनी नेपालका नेलशन मण्डेला बन्न पर्नेमा लक्ष्मीको पछि लागे भन्ने सुन्दा जुन जोगी आए पनि कानै चिरेका भन्ने शन्देश सर्वसाधारणमा पनि गइसकेकोले अब जति नै धोती तन्काएर लाज छोप्छु भन्ने स्वाँङ् गर्नु पानीमाथिको ओभानो बन्नु सिवाय  अरु केेही होइन।

नेपाली जनताको माझमा कसम खाएर नेपाली जनताको हर सेवामा समर्पित भई कार्य गर्ने छु भनी प्रतिज्ञा गर्ने जयप्रकाश प्रसाद गुप्ता, चिरिन्जीवी वाग्ले, खुमबहादुर खड्का, गोविन्दराज जोशी, श्यामशुन्दर गुप्ता आदि पार्टीका हस्ती भनिएका व्यक्तिहरू नै नामूद भ्रष्टाचारी भएपछि हामी सर्वसाधारणले कसरी ती पार्टीराम्रा छन् भनी दाबी गर्ने ? भनिन्छ व्यक्ति खराब हुन सक्छ तर पार्टीखराव हुँदैन। एक हद्सम्म यो पनि ठीक होला तर त्यस्ता व्यक्तिको चंगुलमा फसेको पार्टीको अस्मितालाई राम्रो भनेर कसैलाई विश्वास दिलाउन सकिने ठाउँ एक रत्ति पनि छैन। आफ्नो पार्टीकाई सुन्दर, स्व्ाच्छ छवि भएको देखाउनको लागि त्यस्ता गन्हाएका व्यक्तिहरूलाई पार्टीआफै अग्रसर भएर किन कारबाही गरेनन् त – यतिमात्र होइन अदालतबाट आरोप प्रमाणित भएर जेलचलान गर्न सहयोग गर्नुपर्नेमा अदालतको फैसला गलत थियो भनी किन लफुङगाहरू लिएर नाराबाजी गरियो –

नेताहरूले सत्ताको मनमोहक लचकदार आलिसन कुर्चीमा आफूलाई राखेदेखि नै सम्पत्तिको चाहना गर्दा रहेछन् भन्ने कुरा सामान्य भइसक्यो। होला यदाकदा अन्य देशका नेता भनाउँदामा पनि यो फोवियाले कार्य गरेको होला। तर यहाँनेर हामी सबैले राम्ररी बुझ्नुपर्ने कुरा के छ भने किन गर्छन् नेताहरू भ्रष्टाचार ? किन थुपार्छन् स्वदेश विदेशमा अकुत सम्पत्ति – यसको वास्तविक कारण उनीहरूसँग सोधियो भने हामीले के उत्तर पाइएला – के यसको उपयुक्त उत्तर उनीहरूले दिन सक्लान्। अहँ, सक्दैनन्। हुन त उनीहरूलाई जेलमा कोचेपछि अलिअलि चेत आएको छ कि ? – थोत्रा चप्पल, झुत्रा कपडा घाम र पानी थेग्न नसक्ने, साँघुरा र अध्यारा कटेरीहरूमा वषौर्ंवर्षसम्म दुर्इ छाक राम्ररी खान नपाएका, विरामी पर्दा एउटा सिटामलको दानोसम्म पनि किन्न नसकेर निरास मन बनाएका सीधासाधा नेपालीको पसिनामाथि लाजमर्दो तरिकाले भ्रष्टाचार गरिएछ भन्ने भावुकताले।

भ्रष्टाचार गर्नु हुँदैन। यो कार्य सतप्रतिशत सामाजिक कलड्ढ हो। यो एउटा सर्वथा घृणित कार्य हो। यो कार्यले व्यक्ति, परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रियरूपमा समेत हामी वदानामी हुन पुग्छौं भन्ने आसयको हामी तालिम, गोष्ठी, सेमीनार, सभा किन गर्दैनौं ? यसबारेमा आम जनतालाई सुसूचित गराई त्यस्तो सड्ढेत कतैबाट प्राप्त भएमा गोप्यरूपमा पार्टीकाई जानकारी दिनुहोस् भनी किन भन्ने हिम्मत गर्दैनौं ? अनि यस प्रकारको हरकत भएमा सो लाभ पार्टीले जफत गर्ने छ, भन्ने आसय हामी किन व्यक्त गर्न खुट्टा कपाउँछौं ?  सामाजिक सङ्घसंस्थाले यस्ता कार्य नियमितरूपमा प्रशस्तै गरेको होलान् तर  राजनीतिक पार्टीरूबाटै यस्तो प्रकारको कार्य सक्रियरूपमा सञ्चालन नगरिनुले यो संस्थागत हुँदै, मौलाउँदै गएको छ भन्नमा पंक्तिकारलाई पाप नलागोस्।

एक छोरा र एक छोरीका पिता मीनबहादुर गुरुङ (भाटभटेनीका सञ्चालक) भन्नुहुन्छ) नेपाली जनसमुदायले दिएको शुभेच्छा र शुभकामनाको ऋण तिर्नु छ, त्यसैले अर्बो रुपैयाँको सम्पत्ति हामी हाम्रा छोरा र छोरीलाई मात्र दिनेवाला छैनौं (खान पुगोस्, दिन पुगोस्, ९७)। कस्तो उत्तम विचार। आहा झ् कत्रो सकारात्मक प्रेरणा नेपाली जनताको लागि। यिनी यस्ता एक नेपाली आमाका महान परिश्रमी सपुत हुन् जसले आफ्नै हातको परिश्रमले आफ्नो जीवनको आधाआधी उमेरमै विश्लाई सफलताको उदाहरणको पाठ सिकाई दिए। यीनले कसैलाई दुःख दिएनन्। यिनले कसैको पसिना पनि सोसेनन्। उनले एउटा खोटाङे किसानको मर्म कस्तो हुन्छ भन्ने कुरा राम्ररी आत्मसाथ गरेका थिए। अचम्मको कुरा त के छ भने उनले नेता जस्तो बनेर मञ्चबाट  जनतालाई म यसो गर्छु, उसो गर्छु भन्ने फोस्रा आश्वासन कहिल्यै पनि वितरण गरेनन्। त्यस्तै, एउटा कल्याणकारी कोषको लागि उद्यमी सिर्द्यार्थ राणाले रु. एक करोड रविन्द्र मिश्रलाई प्रदान गर्दा आफ्नो नाम अज्ञात दाताको रूपमा दर्ज गर्न अनुरोध गरे (ऐजन, १०७)। यस्ता फूलजस्ता सुवास दिने कर्मठ हाम्री आमाको सपुतहरू यस हरियाली छातीमा हुँदै नभएका होइनन् तर तिनीहरूलाई ओझेलमा पार्दै धेरै पापलाई प्रश्रय दिने काम भयो र भइरहेका छन् यस धरतीमा। यस प्रकारको पापी कार्यले उनै मानिस खुशी छन् जो भ्रष्ट छन्। तिनीहरूले कतिपय दुर्गम भेकका नेपाली आमाबुबाले पुल र तुइनबिना नै नदी वारपार गर्नुपरेको कारणबाट पिठिउँको भारीसँगसँगै आफू पनि बगिनु परेको, टोपीको घेरोमात्र थाप्लोमा राखेर कोशांैकोश परसम्म अर्काको भारी बोकेर जीवन निर्वाह गर्नुपरेको, विद्यालयमा बस्ने साधन नभएर हजारौं कलिला बालबालिकाहरू चिसो भुइँमा दिनभरि बसी शिक्षा आर्जन गर्न बाध्य हुनुपरेको, दाइजोको कारणले वर्षेनी सयौं निर्दोष महिलाहरू जिउँदै जलाइएको आदि प्रकारको तीतो सत्यले गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि नराम्ररी धमिलिएको छ। यी सबैको एउटै कारण भनेको हाम्रा अधिकांश नेताको केवल लक्ष्मीलम्पट प्रवृत्तिको कारणले जन्माएको सामाजिक स्वरूपको एउटा डरलाग्दो पाटो हो। यस प्रकारको उनीहरूको पटक-पटकको चरित्रबाट आम सर्वसाधारण स्वाभिमानी नेपालीको छातीमा पीडाको बोध झनझन कस्सिएको छ।

चाहे किसानका छोराछोरी हुन् वा साहु, महाजन, व्यापारीका, चाहे डाक्टरका छोराछोरी हुन् वा नेताका, चाहे शिक्षकका छोराछोरी हुन् वा  कमचारी वा बुद्धिजीवीका सबैका छोराछोरीलाई कसरी कुन प्रकारले हुन्छ, राम्रो जीवनपयोगी शिक्षा दिएर, उनीहरूको जीवनको लागि सक्षम बनाइदिनु सबै अभिभावकरुको अपरिहार्य कर्तव्य हुन आउँछ। यो अगाध कर्तव्यबाट कुनै पनि आमाबाबा उम्कन पाउने कानुन र अवस्था छैन। अभिभावकले उनीहरूलाई सुदूर भावी जीवनको लागि सवल, कर्मठ र योग्य बनाइदिइसकेपछि उहाँहरूको एक हदसम्म छोराछोरीप्रतिको ठूलो जिम्मेवारी करिब-करिब समाप्त भएको हुन्छ। यति बेलासम्म ती युवायुवतीले आफ्नो जागिरको लागि हरतरहका प्रयास गर्न सक्छन् र आफ्नो जीवनलाई दक्षतापूर्वक अगाडि बढाउन सक्छन्। उनीहरू सक्षम भइसकेपछि उनीहरू आफैले कमाउन सक्छन् वा जीवन निर्वाहको लागि आफ्नो काँध थाप्न सक्छन्। जसअनुसार उनीहरू आफूलाई चाहिने आथोर्पार्जन आफै गर्न कत्ति पनि असजिलो मान्दैनन्। जब उनीहरू स्वस्थ एवं प्रतिस्पर्धात्मक तरिकाले कमाउन सक्ने हुन्छन् भने त्यो भ्रष्टाचारी बाबुले जनता मारेर थुपारेको अकुत सम्पत्तिको  के काम ? यो कुरा विश्वव्यापी सत्य हो कि छोरो असल भयो भने बाबुले थुपारेर राखेको सम्पत्तिको एक रति पनि आँश गर्दैन। तर छोरो अगतिलो बन्यो भने उसको बाबाले जम्मागरेर राखेको करोडौं, अर्बौको सम्पत्ति जाँड, रक्सी पिएर, रण्डीबाजी गरेर वा अनुत्पादनशील क्षेत्रमा खर्च गरेर  वा ‘र३’ को र्फमूला प्रयोग गरेर सब सम्पत्ति स्वाहा पार्दछ। विभिन्न अध्ययनले पनि के देखाएको छ भने आफ्नो बाबाको सम्पत्तिमा मोज गर्न पाएका बालबालिकाहरू अन्य बालबालिकाको तुलनामा अल्छि, बदमाश र विलाशी देखिएका छन्। उनीहरूमा मैले कमाउनुपर्छ, दुःख गर्नुपर्छ भन्ने मानसिकताको कमी र  कम व्यवहारिक भएको देखिन्छन्।

ती आमाबुबा एक नम्बरका घाती हुन् जसले आफ्ना छोराछोरीको वर्तमानभन्दा भविश्यप्रतिको ख्वाव देख्छन्। ती आमाबुबाहरू देशद्रोही हुन् जसले अकुत सम्पत्तिको मातमा आफ्ना कलिला बालबालिकाको सुनौला भविष्य सिँगार्ने काला सपनाको नाउँमा हजारौ सीधासाधा जनताको चित्कारको उपेक्षा गर्छन्। ती भ्रष्टाचारी आमाबुबाहरू जसको सोचाइ नै गन्दा, मैलो र थकित छ भने उनीहरूको बदनियतपूर्ण सपना यो लोकमा कुनै हालतमा पनि पूरा हुँदैन। अतः प्रत्येक आमाबाबुको कर्तव्य भनेको आफ्ना नानीबाबुलाई कसरी कुन प्रकारले हुन्छ, भविश्यको लागि सफल, सवल, सक्षम बनाउने प्रयत्न गर्नु हो नकि  गरिब जनताले पेट कटाएर देश निर्माणको लागि तिरेको करलाई गिद्धे नजरले हेर्नु अनि जेल पर्नु र निस्कनु।

Related News

सम्बन्धित समाचार

hero news full width