फुस्रे खोला पारीको गाउँ

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७०

परिचयः

कास्की जिल्लाको दक्षिण क्षेत्र पूर्व कोत्रे पारी पूणिर्टार, पश्चिम सिर्द्धार्थ राजमार्ग कुभिण्डे बजार, उत्तर फुस्रेखोला हुँदै सेतीनदी दक्षिण नुवाकोट हुँदै सुरौदी खोला, सामान्य भिराला पाखा-पखेरा, फाँट ज·लले परिपूर्ण एक हजार पाँच सय ५० मिटरसम्म उचाई भएको पूर्व-पश्चिम फैलिएको शान्त पर्यटकिय परिवेशमा उन्मुख रमणीय सुन्दर वातावरणले भरिएको पहाडी गाउँ भित्र कृष्ती-नाच्नेचौर, निर्मलपोखरी, भरतपोखरी गा.वि.स.का साथै आशिंकरूपमा स्या·जा जिल्लाको फेदिखोला पर्दछ।माछापुच्छे, धौलागिरी, अन्नपूर्णको हिमश्रृ·खला, पोखरा उपत्यका फेवातालको दृश्यावलोकन गर्न सकिने आनन्ददायी र मनमोहक यस डाँडाको विभिन्न स्थानबाट पञ्चासेको लेक, गोरखा, लमजु·, तनहुँ, पर्वत र स्या·जा जिल्लाको भू-भागहरू सहजरूपमा देख्न सकिन्छ। प्रशासनिक/राजनैतिक नापनक्शाको भागवण्डामा पश्चिम ४ न. नुवाकोट हुँदै २०३० सालसम्ममा स्या·जा जिल्लामा यो गाउँ पर्दथ्यो। कास्कीको पोखरा र लेखनाथ नगरपालिकासं’ग सिमाना जोडिएको भए तापनि, जिल्ला सदरमुकाम स्या·जा दुरीको हिसाबले टाढा र अपायक हुनु आफ्नो ठाउँमा थियो नै। विकास निर्माण र बजेट बाँडफाँटको प्रकृयामा समेत यस गाउँबाट दरिलो उपस्थिति देखाउन नसक्दा पहुँच कम थियो। जिम्वाल मुखियामार्फत् जग्गा खरीद बिक्री, मालपोत बुझाउने, मुद्धामामिला र नगण्यरूपमा नागरिकता लिने काममा मात्र सदरमुकाम स्या·जा सम्भिmन्थ्यो। पोखराबाट पैदल यात्रामार्फत् जम्मा एक घण्टामा पुग्न सकिने फुस्रेखोला पारीको गाउँ पोखराको विकास निर्माण र प्रगतिको पाइलाहरूले टेक्न नसक्दा ती दिनहरू यस क्षेत्रका लागि बत्तीमुनिको अध्यारोका रूपमा रहे। पोखरा, लेखनाथमा भएको आफ्नो खेतमा कामगरी साँझ गाउँमा बासको लागि जाने र गाउँमा उत्पादित दूध, दही, घिउ, अन्न वनपैदावर बजारमा बिक्री गर्दथे र आवश्यक सामग्री पोखरा बजारमा खरीद गरी जिविका चलाइएको यस भेगलाई वि.स.२०३१ सालमा सुरौदीखोलालाई सिमाना कायम गरी श्रेस्ता कागजातहरू कास्कीमा सारियो।

अधिकाँश ब्राहमण, क्षेत्री, दलित जातीहरूको समेत बसोवास भएको यस गाउँमा कृष्तीको धुवारकोटमा गुरू· र निर्मलपोखरी, आहाले लामाखेतमा मगर बस्ती पनि छ। व्यापारिक केन्द्रहरूको सामान्य नेवारहरूको वस्ती छ। कृष्तीमा आधारित यहाँका वासिन्दाहरू केही सरकारी/गैरसरकारी कार्यालयमा आवद्ध छन् भने प्राय : युवाहरू वैदेशिक रोजगारबाट प्राप्त रकम घडेरी/घर खरीद तथा शिक्षाको वाहना पार्दै विलासिताको जीवन बिताउन शहरतर्फ उन्मुख हुँदा परअधित, अभिभावक वर्गहरू मात्र गाउँमा छन्। परम्परादेखि कृषि पेशा गरी जिविका धानिएका खेतीयोग्य जमिन आज बुट्यान झाडीले भरिएको छ।

स्या·जाबाट कास्कीमा सारीएको पनि आज ४० वर्ष बित्दै छ। टाडा र अपायकको कारणबाट स्याङ्गजा सदरमुकामबाट फाइदा लिन सकिएन भनि दोष देखाउने एकातर्फ छ भने कास्कीमा रूपान्तरण भएपछि गरिएका आशाका विन्दुहरू पनि निराशामा परिणत भए। स्थानीय तहमा रहेका पानीका श्रोतहरूले गाउँमा खानेपानी योजना कार्यनयन गरिए तापनि पूर्णता पाउन नसक्दा समस्या यथावत छ। परम्परावादी खेती प्रणालीमा परिवर्तन

ल्याउन सकिएको छैन। जाडो र गर्मी मौसममा गाउँ, वेशी, गोठ सारी जग्गाको उर्वरा शक्ति बढाउने प्रचलन कथाको रूपमा छ।

स्थानीय तहमा परिश्रम, मेहनत नगर्ने, वैदेशिक रोजगारमा उन्मुख सोच र शहर पलायन प्रकृतिले अझै केही समय लिने स्थिति छ। पर्याप्त भौतिक पूर्वाधार बजारबाट नजिक हुँदाहुदै पनि कास्कीका अन्य क्षेत्रको तुलनामा यो गाउँ पछाडि छ। पोखरा उपत्यका र यस गाउँ बीचमा गहिरो गल्छी भएको, पक्की पुलको त कल्पना मात्र, झोलु·े पुलको समेत अभावले गर्दा, उपत्यकाको समथर भू-भागको किनारसम्म पुगेको विकासका लहर खोला तर्न सकेन्। नगर क्षेत्रभित्र रहेका उद्योग/कल/कारखानाहरू विस्तापित गर्ने सर्न्दभमा चालिएको कदमलाई पनि यस क्षेत्रका बागमारा, खाल्से, फुस्रेखोला सुरौदी फँाटजस्ता भू-भागतर्फ डोर्‍याउन नसकिएका दिनहरू एकातर्फ बित्यो भने गाउँमा भएको पुँजीसमेत शहर भित्रायाइयो। राष्ट्रियस्तरका विकास निमार्ण योजनाहरू कार्यान्वयन गर्ने गराउने प्रतिनिधिहरूसमेत समयमा बनाउन नसकिएका कमजोरी पक्षहरू हामीसँग रहे। अहिले हामीसँग पर्यटकको सम्भावना बोकेको  एक हजा पाँच सय ५० मिटर उचाईसम्मका रमणीय गाउँपखेरा मट्टीखान र फोक्सिङकोट भ्यूटावर, कालिकाकोट मन्दिर, ऐतिहासिक शिवढुङ्गा, कृष्ती दोपहरे र भरतपोखरी चिरकादीमा उत्पादित स्वादिष्ट सुन्तला, बागमारा फुस्रेखोला र खाल्सेको तरकारी खेती, दक्षिणी भागमा रहेको सालसहितको घना वन पैदावर, सुरौदी खोला किनारका कैयौ खेतका फँाटहरूको साथै उर्वरा पाखा पखेराहरूको प्राकृतिक वरदान छन् भने इलाका स्वास्थ्य कार्यालय, सातवटा उच्च मा.वि.हरू छन्।

समस्याः-

सिचार्इँ तथा खानेपानी निमार्णाधीन दुर्इसहित चार वटा पक्कीपुलको अभाव, कुविण्डेदेखि, पूणिर्टारसम्म रहेको ग्रामीण कच्ची सडकलाई पक्की गर्नुपर्ने, व्यवसायिक रूपमा सुन्तला खेती र कोल्ड स्टोर निर्माण, डाँले घाँसको विकास र पशुपालन गर्ने सोचको अभाव र पर्यटकिय पूर्वाधारका अभाव।

समाधानका उपायहरूः

खानेपानीको लागि फुस्रे खोलाबाट पाइप जोडी गाउँमा पानी तान्ने रिर्जभ टया·मार्फत् वितरण व्यवस्था।

सेतीनदीको पानी गाउँमा तानी सिचार्इँ व्यवस्था।

ग्रामीण पर्यटकीय सडक निर्माण।

निर्माणाधीन दुर्इ पुल यथाशीघ्र सम्पन्न र दुर्इ वटा थप गर्ने र सुरौदि पारीको गाउँहरूलाई समेत जोड्ने।

कृष्तीमा सुन्तला भण्डारको लागि एक कोल्ड स्टोर निर्माण गर्ने।

जिल्ला कृषी तथा पशु सेवा कार्यालयले प्राथमिकता क्षेत्र घोषणा गरी सर्वशुलभ ऋण सहितको विशेष कार्यक्रम सञ्चालन गर्ने।

गाउँमा कृषी/पशुपालनसम्बन्धी प्राविधिहरू उत्पादन गर्ने एक शिक्षण संस्था स्थापना गर्ने।

अन्य सहयोगी सामाजिक संघसंस्थाहरूलाई गाउँमा

आकर्षण गर्ने। आन्तरिक/बाध्य पर्यटहरूलाई ध्यानमा राखी पर्यटक व्यवसायीहरूसँग समन्वयन गरी होटल स्थापनाको व्यवस्था गर्ने।

वैदेशिक रोजगारबाट प्राप्त रकम गाउँमा उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण श्रृजना गरी प्रोत्साहन गर्ने।

निष्कर्षः

यस क्षेत्रलाई बजारको अभावको समस्या नरहेको हुँदा हाम्रो परम्परावादी सोंच, साँघुरो भावनालाई फडको मार्न समयसमयमा प्रशिक्षणको व्यवस्था मिलाउन सकिएमा पाँच वर्षमा फुस्रे खोलापारीको गाउँलाई नमूना गाउँको रूपमा विकास गरी आर्कषणको केन्द्र बनाइने सम्भावनामा दुर्इ मत छैन।

(राष्ट्रिय वाणिज्य बैंकका अधिकृत हुन्। सं.)

Related News

सम्बन्धित समाचार

hero news full width