जलवायु परिवर्तनको मौन महामारी

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७३

जलवायु परिवर्तन समकालीन विश्वको अत्यन्त चुनौतिपूर्ण विषय बनेर आएको छ। यो विकासका मानवीय क्रियाकलापबाट हरितगृह उर्त्र्सजन प्रणालीमा पर्ने प्रभाव स्वरुप वायुमण्डलको तापमानमा आउने परिवर्तनबाट सिर्जित असन्तुलित वातावरणीय क्रियाकलाप हो। पृथ्वीमाथि हुने अनियन्त्रित मानवीय क्रियाकलापको डरलाग्दो परिणाम स्वरुप हरितगृह ग्याँसको निस्पादनबाट जलवायु परिवर्तनको जटिलता देखा पर्दछ। जति-जति औद्योगिक विकास र सहरीकरण विस्तार हुँदै गयो, क्रमशः तापमान बृद्धि अनुभूत हुने स्तरमा बढ्न गइ यससम्बन्धी चासो पनि अझ विस्तार हुँदै आएको हो। यो समस्या विकसित मुलुकबाट भएको औद्योगिक प्रगतिका कारण सिर्जिएको हो। जसको लाभ उनीहरूले नै लिइरहेका छन् भने लागत गरिब तथा विपन्न मुलुकले व्यहोरिरहेका छन्। बर्लिन वा सिकागो सहरको प्रगतिको लागत सिराहा र सोलुखुम्बुले व्यहोर्र्नु परिरहेको छ। इन्डोनेसियामा सुनामी आउँदा नेपालमा महङ्गी बढ्नु परेको छ। चीनमा अत्यधिक गर्मी हुँदा नेपालमा हिउँ पग्लिएको छ। भारतमा सुख्खा हुँदा नेपालमा लोडसेडिङ बढेको छ। नेपालमा घनघोर वर्षा हुँदा भारतमा डुबानको समस्या देखिएको छ। त्यसैले जलवायु परिर्वर्नन एउटा देशको आफ्नै भौगोलिक सिमाभित्रको समस्यामात्र नरहेर विश्वव्यापी समस्या बनेको छ।

सन् १९९२ मा भएको रियो सम्मेलनबाट पारित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय महासन्धीले बढ्दो तापमानका सम्बन्धमा विश्व समुदायलाई सचेत गराउँदै दीगो विकासको कार्यसूचीको विस्तृत आयाम उघार्‍यो। विश्व वायुमण्डलमा जलवायु परिवर्तनका प्रमुख कारक औद्योगिक राष्ट्रहरू हुन्। उनीहरू नै कार्बन तथा कार्बनजन्य हरितगृह ग्याँस उर्त्र्सजनका प्रमुख जिम्मेवार पनि हुन्। त्यसैले विकसित राष्ट्रहरू नै निश्चित तहमा हरित गृह ग्याँस उर्त्र्सजनका प्रमुख र नैतिक जिम्मेवार हुन्। विकासशील राष्ट्रसँग स्रोत, साधन, सीप र क्षमता न्यून भएर असरका भागिदार तिनीहरू न्ौ बनेका छन्। तसर्थ बढी कार्बन उर्त्र्सजन गर्ने मुलुकले विकासशील मुलुकलाई कार्बन वित्तमार्फत् क्षतिपूर्र्ति सहायता गर्नुपर्ने दायित्व रहेको छ भने विकासशील मुलुकले असरबाट अनुकूलित हुँदै जाने क्षमता विकास गर्नुपर्ने भएको छ। पछिल्लो समयमा विकासशील मुलुकहरू ज्ालवायु परिवर्तनको अत्यन्त जोखिम र संवेदनशील अवस्थामा छन् भने त्यहीं नै क्षमता, वित्त र व्यवस्थित कार्य प्रणालीको अभाव छ। विकसित औद्योगिक मुलुकबाट नियमानुसार पाइने सुविधा लिनका लागि पनि विकाशील मुलुकले क्षमता विकास  गर्नुपर्ने आवश्यकता छ।

ज्ालवायु परिवर्तनको प्रतिकूल परिणामका कारण आज नेपालमात्र होइन, विश्वले नै अनपेक्षित मौन महामारी खेपिरहेको छ। पृथ्वीको तापक्रम औषत प्रतिवर्ष ०.७४ ड्रि्री सेन्ट्रगे्रडले बृद्धि भएको छ भने नेपालको वाषिर्क औसत तापक्रम बृद्धिदर ०.०६ ड्रि्री सेन्टिग्रेड छ। नेपालको भू-धरातलीय संरचना कमजोर प्रकृतिको भएकाले प्रकोप तथा विपत्तिको असर बहन क्षमता पनि न्यून देखिन्छ। बढ्दो जनसंख्या, अव्यवस्थित खेती तथा वस्ती प्रणालीले जोखिमलाई झनै बढाउँदै लगेको छ। तापक्रम वृद्धिले वर्षा याम र मौसमी स्वभावलाई परिवर्तन गर्दै लगेको छ। मनसुन प्रक्रियाको अनिश्चितताले कृषि उत्पादनलाई सिधै चुनौती दिएको छ। परम्परागत कृषि प्रणाली अबको केही समयमा उही रुपमा रहन नसक्ने देखिन्छ। यसले बढ्दो  जनसंख्याको खाद्य सुरक्षालाई पनि चुनौती दिएको छ। चेतना र प्रविधि उपयोगको स्तर पनि न्यून छ। विकासको अवस्था पनि प्रारम्भिक नै छ। त्यसैले यहाँ जलवायु परिवर्तनको असर अन्य मुलुकको तुलनामा बढी हुन गएको हो। जलवायु परिवर्तनले खासगरी अधिक तापक्रम बृद्धि हुने, गर्मी हुने दिनको संख्यामा बृद्धि हुने, तातो हावा बहने प्राकृतिक घटनाक्रममा बृद्धि हुने, न्यूनतम तापक्रम, ठण्डी दिन, हिउँ वा तुसारो पर्ने दिनको संख्यामा कमी हुने, कतै तीव्र वर्षा हुने, कतै सुख्खा खडेरीका घट्नामा बृद्धि हुने, नयाँ-नयाँ संक्रमित रोगको विस्तार हुने, वनजंगल पातलिँदै जाने, जनजीवनमा पानीसम्बन्धी समस्या पर्ने गरेको छ।

ज्ालवायु परिवर्तनले मानिसको आर्थिक तथा सामाजिक पक्षमा पनि नकारात्मक असर पर्ने गरेको छ। हिमाली क्षेत्रमा जडिबुटिहरू क्रमशः लोप हुँदै जान थालेका छन्। साविकभन्दा अन्न बाली चाडै पाक्ने र फूलहरू छिट्टै फूल्ने गरेका छन्। गर्मी हुने बेलामा जाडो हुने र जाडो हुने बेलामा गर्मी हुनेजस्ता विकृति देखा पर्न थालेका छन्। उता, सर्प, चिल र लामखुट्टे उच्च पहाडी भेगमा पनि देखा पर्न  थालेका छन् भने कुकुरको प्रजनन् प्रक्रिया पनि बाह्रै महिना हुने अनौठो व्यवहार देखिन थालेको छ। हिमनदीहरू वाषिर्क ३०-६० मिटर छोटिँदै र १०।१२ मिटरले पातलिदै गएका छन्। त्यसैगरी, प्राकृतिक प्रकोपका घटना बृद्धि हुँदै गएका छन्।

यस प्रकार जलवायु परिवर्तन वातावरणीय विनासको आधारमात्र होइन, मानव जीवनको अस्तित्वको कारक पनि हो। तसर्थ यी दुर्इको प्रभाव न्यूनीकरण महत्वपूर्ण सामयिक सवालका रुपमा खडा भएको छ। विगतमा जे-जस्ता कमजोरी रहे पनि आगामी दिनमा विश्व समुदायसहित नेपालले प्राकृतिक स्रोत, साधनको विवेकशील प्रयोग गर्ने, हरित विकास र हरित अर्थतन्त्रको अवधारणा अनुरुप विकासका हरेक क्रियाकलापलाई वातावरणमैत्री बनाउने, जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न ग्रीन लिडरसीप विकास गर्ने, सहरी प्रदुषण न्यूनीकरण गर्दै ग्रामिण क्षेत्रको सुन्दरता बचाइ राख्ने, वातावरणीय प्रयोगशाला स्थापना गरी वातावरणीय उत्प्रेरणा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्ने, प्रदूषणकारी परम्परागत तथा व्यापारीक ऊर्जा प्रणलीलाई विस्थापन गर्दै हरित ऊर्जा -जलविद्युत, सौय ऊर्जा) प्रणालीमा जोड दिने तथा प्रदुषकले तिनु पर्छ र प्रदुषण हटाउँदा पनि फाइदा हुन्छ जस्ता प्रभावशाली कार्यक्रम तत्काल अगाडि बढाउन ज्यादै सान्दर्भिक हुन्छ। विश्व समुदाय र नेपाल सरकारको ध्यानाकृष्ट हुन जरुरी छ।

(लेखक नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय, दरबारमार्गका प्रशासकीय अधिकृत हुन्।)

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै