जगतको छोटो विश्लेषण

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७३

जगत भनेको के हो ? यो देखिएको विश्व बह्माण्ड जगत हो वा अदृश्य जो देखिदैन अनुभव मात्र गरिन्छ, त्यो नै जगत हो। जो देखिदा पनि देखिदैन, अनुभूति गर्न पनि पाइएको छैन, मुत्युपछि यात्रागरिने नौलो जगत् (संसार) जगत् हो। जलगत हो वा स्थलगत, आकाश जगत् हो वा धरती जगत् ? भौतिकवादीहरूले परिभाषा गरेको जगत् जगत् हो वा अध्यात्मवाद, वेदान्तवादीहरूले परिभाषा गरेको जगत्, जगत् हो। प्राणी मात्रले भोग्दै आएका दुःख, सुख आरोह अवरोध मान, अपमानको अनुभूति जगत् हो वा आफ्नै मनको परिकल्पनाबाट खडा भएको जगत् (संसार) जगत् हो ? सम्पूर्ण प्राणीहरूको जगत् एउटै हो वा भिन्न-भिन्न छ ? आस्तिक र नास्तिकको, धनी र गरिबको, नेता र कार्यकर्ताको, शासक र शासितको राजा र प्रजाको जगत् एउटै हो कि भिन्न-भिन्न छ ? जगत् सत्य वस्तु हो, वा मिथ्या, स्थायी हो वा अस्थायी, म सधैं अलमलिएको छु।

ऋषिकुमार अष्ट्रावक्र र राजा जनकको बीचमा भैरहने अद्धैत वेदान्तपरक असाधारण संवादमा जगत्को बारेमा ऋषि अष्ट्रावक्र विदेह जनकलाई भन्नु हुन्छ-हे शिष्य, जगत् तिमीबाट नै कल्पित भै व्याप्त भएको छ। तिमी चेतन स्वरुप हौं जगत् काल्पनिक हो। त्रि्रो चेतन रूप धागोमा यो सारा जगत् उनिएको छ जसरी मालाको धागोमा फूलका गुच्छाहरू उनिएका हुन्छन्। त्रि्रै चैतन्य सत्ताबाट नै यो जगत् साचो हो भन्ने लागेको हो, तर यो सोचाई मिथ्या हो। जगत्को आफ्नो सत्ता छँदैछैन। यो जगत् आत्माको अज्ञानताबाट खडा भएको हो।यो पर प्रकाशक हो।

योग वासिष्ट एक अजातवाद केवल ब्रह्मवादको ग्रन्थ हो। योग वासिष्ठ महारामायण नै हो। यो गुरु वरिष्ठले शिष्य भगवान् श्री रामचन्द्र जस्तो आदर्श पुरुषलाई उपदेश गरिएको ग्रन्थ हो। योगवासिष्ठ आध्यात्मिक जगत्को लागि ज्यादै महत्वपूर्ण्ा मानिएको छ। ब्रह्मलोकमा ब्रह्मजीको सभामा यो सवोर्त्तम मोक्ष शास्त्रको चर्चा भैरहन्छ भन्ने उल्लेख भएको पाइन्छ। योग वासिष्ठ, स्थिति प्रकणमा भनिएको छ, यो दृश्य जगत् भ्रान्ति मात्र हो। जस्तो आकाशमा विभिन्न रंगसहितको इन्द्रधनु देखिन्छ, जगत् पनि त्यस्तै हो। त्यो असत् रुप हो सत्य हैन। जगत् एक प्रकारको भावना मात्र हो। यो जगत् सुन्य रुप हो। यसमा सारतत्व केही छैन। यो जगत् संकल्प र विकल्पबाट उत्पन्न भएको हो। न यो जगत् हाम्रो, न हामी जगत्का नै हौ। जसरी रुप रहित आकाशमा निलिमा देखिन्छ, यो निर्गुण निराकार हुन्छ त्यो अज्ञानताबस देखिएको हो। यसको आफ्नो कुनै सत्ता छैन। यो केवल भ्रम मात्र हो। यस्तो भ्रमलाई आत्मादेखि नै हटाउनु उचित हुन्छ। यो जगत् क्षणिक सङ्कल्प रुपी मनबाट उत्पन्न हुने हो। यो जगत् जस्तो मरुभूमिमा देखिने मृगतृष्णामयी नदीमा पानी हुँदैन, त्यस्तै हो यो जगत् संसार पनि। वास्तवमा जगत्को न कुनै रुप छ, न केही आधार नै छ। मानसिक मन नै जगत् हो। सम्पूर्ण जगत् नै मन हो। यी दुवै एकै साथ रहन्छन्। मनको सत्ता नै जगत् हो र जगत्को सत्ता नै मन हो। यी दुवैमा एकको अभाव भएपछि दुवैको अभाव हुन्छ। जनक दर्शन अनुसार ब्रम्ह या आत्मा नै एक मात्र सत्य वस्तु हो। जगत् सत्य वस्तु हैन। जीव, माया, अविधा आदि सबै मिथ्या हुन्। यो दृश्यमान जगत् सत्य हैन, यो त भ्रममात्र हो। आत्मगत तरङ्गहरू तरङ्िगत भएर जगत्को रुपमा देखा परेको हो, तर जनक जगत्लाई पूर्ण्ातया असत्य भने मान्दैनन्। उनको विचारमा जबसम्म व्यवहारिक दृष्टिकोणले हेरिन्छ, जगत् सत्य हो। तर जब परमार्थिक दृष्टिकोणबाट हेरिन्छ, ब्रम्हबाहेक सबै पदार्थ मिथ्या नै हुन्। परामार्थिक रुपले जगत्लाई आत्मनिष्ठ मान्दछन् भने व्यवहारिक हिसाबले वस्तुनिष्ठ मान्दछन्। जगत् वास्तविक हैन, ब्रह्ममा रहेको मायाशक्तिको कारणले ब्रह्म नै जगत्को रूपमा देखा परेको हो। जगत्काबारेमा गम्भिरतापूर्वक विचार गरी हेर्ने हो भने यो जगत् आत्मगत तरुङ्ग भन्दा अको कुनै वस्तु नै हैन। जसरी तयारी कपडा धागाहरूको समूह भन्दा अन्य कुनै छुट्टै वस्तु हुदै हैन। त्यस्तै सुक्ष्म विश्लेषण गरेर हेर्ने हो भने जगत् पनि आत्माका तरङ्गहरूको समूहभन्दा अको कुनै वस्तु नै हैन। जगत्लाई आत्मामा उत्पन्न भएको तरङ्ग हो भन्ने पुष्टि गर्न जनकले समुद्र र तरङ्गको उदाहरण दिएका छन्। जसरी समुद्रमा उत्पन्न भएका तरङ्ग -छाल, फिज र पानीका फोका पानीभन्दा भिन्न वस्तु हुदै हैनन्, त्यस्तै आत्माका तरङ्गहरू तरङ्गित हुँदा उत्पन्न भएको यो जगत्(विश्व ब्रम्हाण्ड) आत्माभन्दा भिन्न वस्तु हुँदैन, हैन-जनक यस्तो भन्दछन्। जगत्कै बारेमा योगी भन्दछन्-जगत् बाहिरै छ, देखिएकै छ खुला छ। योगी भन्दछन्-जगत् भित्र छ, यो आत्मा हो, ब्रह्म हो। ज्ञानीहरू भन्दछन जगत् छैन, सुन्यछ, भित्र पनि छैन, बाहिर पनि छैन, छ“दै छैन छभन्नु मिथ्या हो। भ्रम हो।

श्रीमद्भागवत महापुराणको द्वितीय स्कन्द नवौं अध्यायको श्लोक ३२ देखि ३५ लाई चतुश्लोकी भागवत भनिन्छ। यिनै चार श्लोकको जगमा सम्पूर्ण भागवत रचना गरेको पाइन्छ। यिनै चार श्लोकमा  रायणले ब्रह्माजीलाई सम्पूर्ण वेदवेदान्त र उपनिषदहरूको व्याख्या गरी सृष्टिको रहस्य बताउनु भएको छ। उहां भन्नुहुन्छ- यो अद्वैत वेदान्तको सिद्धान्त हो। “ब्रह्म सत्य जगत् मिथ्याजीव ब्रहमैव नायर” अर्थात ब्रह्म सत्य हो, जगत् मिथ्या हो। जीवब्रह्मदेखि अभिन्न हो, ब्रह्म जीवदेखि भिन्न हो। जुन वस्तु पहिले थिएन र पछि पनि रहँदैन बीचमा केही समयसम्म देखिन्छ, त्यो सत्य वस्तु हुँदैन। जगत् पनि त्यस्तै हो। जगत्को आफ्नो स्वकीय सत्ता छैन। जगत् आफै प्रकाशित छैन। त्यसैले यो सत्य वस्तु हैन। सत्यवस्तु भनेको केवल परमात्मा मात्र हो। जगत् परमात्माको रुप होता पनि त्यो भिन्न वस्तु हो। इश्वरदेखि जगत् अभिन्न हो, तर जगत् देखि इश्वर भिन्न हो। जस्तै पानीदेखि तरङ्ग भिन्न हैन, तर तरङ्गदेखि पानी भिन्न हो।

श्वेताश्वतरोपनीषद्का अनुसार जगत्को कारण भनेकै एकमात्र परब्रह्म हो। यो जगत्का जीवहरूको भित्र अन्तर यात्री भएर बसेको हुन्छ। यही परब्रह्म परमात्मा समस्त जगत्को रचना गरी रक्षा गर्दछ। यति मात्रै हैन, प्रलयकालमा स्वयं सबैलाई आफैमा विलिन गर्नुहुन्छ। विलिन हुने सबैको यौटै रुप हुन्छ। यस्तो विलिन हुने आफ्नो कुनै सत्ता नभएको बस्तुमा आसक्ति भैरहनु महामुर्खता हो। जगत् भनेको इहलोक, परलोक, अँध्यात्मिक भौतिक, ब्रह्माण्डका दृश्य-अदृश्य, आकाश धरती, जलथलमा अपमान सुखःदुखःको अनुभूति र आफ्नै मनको कल्पनायी सबैबाट बनेको एउटा मिश्रति पुञ्ज रहेछ। जगत्को मुख्य कारक तत्व भनेको नै उही निराकार निरञ्जन ब्रह्म नै रहेछ। माटोको घडाको कणकणमा माटै भए भैm जगत्का सबै जीव-निर्जिव र सम्पूर्ण पदार्थ समेतमा उही इश्वरको अंश विद्यमान रहेछ।

यो जगत् क्षणक्षणमा परिवर्तन भैरह“दो रहेछ। जाग्रतको जगत् स्वप्नमा, स्वप्नको जगत् सुषुप्तिमा हुँदैन। बालकालको जगत् यौवनकालमा हुँदैन, यौवनकालको जगत् वृद्धा वृद्धावस्थामा हुँदैन। धनीको र गरिबको जगत् पनि एउटै छैन, त्यस्तै शासक र शासित, राजा र रङ्क यी सबैको जगत् छुट्टाछुट्टै देखिन्छ। मानिस जन्मनु भन्दा अगाडि उसको जगत् हुँदैन। विचमा जगत् देखिन्छ। मृत्यु पछि पनि रह“दैन। नरहनु उसको लागि प्रलय भयो भन्ने बुझिन्छ। हामीले जगत् भनेर आजसम्म जसलाई भनिरहेका छौं, यो केवल भ्रममात्र हो। कहिलेकही“ भ्रमपनि स्वाभाविक देखापर्छ रातीको अवस्थामा डोरीमा सर्पको भान हुन्छ। त्यस्तै सिपीमा चाँदीको भान, मरुभूमिमा टल्केको बालुवामा पानीको भ्रम भए जस्तै जगत् छ भन्ने हामीलाई भ्रम भएकै छ। यो स्वाभाविक देखिएला तर, जगत् सत्य वस्तु हैन। जगतको स्वरुपरङ्ग आकार प्रकार केही छैन। जगत् कस्तो छ भनेर कसैले प्रश्न गर्दछ भने यसको उत्तर छैन। जगत् सत्यवस्तु हैन यो भ्रममात्र हो भन्ने बारेमा निम्न प्रमाणहरू भेटिएका छन्।

(क) ऋषि अष्ट्रावक्र राजा जनकलाई भन्नु हुन्छ, हे शिव, तिमी चैतन्य स्वरुप हौ। जगत् काल्पनिक हो, (ख) महात्मा ऋषि बशिष्ट मर्यादा पुरुष रामचन्द्रलाई भन्नु हुन्छ, यो दृश्य जगत् भ्रान्तीमात्र हो, वास्तविक जगत् आत्मिक जगत् हो। (ग) जनकदर्शन भन्दछ-ब्रह्मवाहेक सबै कुरा मिथ्या हुन्, जगत् आत्मगत तरङ्ग मात्र हो। -घ) श्रीमद्भागवत् महापुराणमा भनिएको छ, जगत्को आफ्नो सत्ता छैन। यो सत्य वस्तु हैन।, (ङ) श्वेताश्वेतरोपनिषद् भन्दछ- जगत्को कारकतत्व (कारण) भनेकै एक मात्र ब्रम्ह् हो, ब्रम्हकै चिन्तन गर, श्रवण गर। यसैलाई मनन गरी निजी ध्यान गरी सत्मार्गमा लाग्न निर्देशन गरिएको रहेछ। पाठकवर्ग, यो मिथ्या जगत्को बाटो हिँड्ने हो वा परमार्थमा पुग्ने बाटो हिँड्ने हो, आपैm निर्णय गर्नु हुनेछ।

व्रम्ह सत्यं, जगत् मिथ्या,

जीवो प्रत्मैव नापर।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै