चीनको आर्थिक विकास

आदर्श समाज सम्वाददाता
असार २६, २०७३

छिमेकी मुलुकका हौसियतले नेपालप्रति चीनको चासो हुनु स्वभाविकै हो तथापि विश्वमा आफूलाई महाशक्तिका रुपमा स्थापना गर्ने उद्देश्यका साथ आफ्नो लक्ष्यलाई पूरा गर्न लागिरहेको चीनको लागि महत्वपूर्ण विषय नेपाल भन्दा अरु नै रहेको स्पस्ट नै छ।

नेपाल र चीनको दौत्य सम्बन्ध ६० औं वर्षमा प्रवेश गरेको छ। यो ६० वर्षमा दुवै देशको सम्बन्धमा धेरै ठूलो उतारचढाव भएन। चीन यो वर्ष कम्युनिष्ट पार्टीस्थापनाको ९५ औं वर्ष पनि मनाइरहेको अवस्थामा नेपालसँगको ६० वर्षे पारस्पारिक सम्बन्धको विकास सुमधुर हिसाबले अगाडि बढेको पाउँछौ। यो ६० वर्षको अवधिमा नेपालमा पहिलो जननिर्वाचित सरकार नेपाली कांग्रेसका संस्थापक नेता जननायक बीपी कोइरालाको नेतृत्वमा गठन भयो। यही अवधिमा तत्कालीन राजाले निर्वाचित सरकारलाई अपदस्थ गरी दलविहीन पञ्चायत लागू गरे। त्यो अवधिमा प्रतिबन्धित रुपमा रहेका दलहरूबाट सशस्त्र सर्र्ंघष, भद्र अवज्ञा आन्दोलन, नक्सल आन्दोलन चलेको थियो। निर्दल र बहुदलबीच जनमत संग्रह भयो। राजनीतिक आन्दोलनपछि पुनः बहुदलीय व्यवस्था र निर्वाचित सरकारहरू गठन भए। यही समयमा सशस्त्र जनयुद्ध पनि भयो। संवैधानिक राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना भयो। संविधानसभाबाट नेपालको नयाँ संविधान २०७२ पनि जारी भयो। नेपाललाई संघीय संरचनाको शासन प्रर्ण्ाालीतर्फ उन्मुख गराइयो। यी सबै खाले परिर्वतनको साक्षी चीन पनि रहेको छ। जहाँ अझै पनि कम्युनिष्ट शासन प्रणाली छ। चीन नेपालको यो राजनीतिक परिर्वतनलाई जहिले पनि हस्तक्षेपकारी भूमिकाबाट टाढा रहेर नियालेर बसेको पाउँछौ। चीन सदा नेपालको आर्थिक विकासमा साझेदार बन्ने प्रयासमा रहेको पाउँछौ। त्यसैले यो ६० वर्षको सम्बन्धमा ठूलो उतारचढाव नभएको हो। छिमेकी मुलुकका हौसियतले नेपालप्रति चीनको चासो हुनु स्वभाविकै हो तथापि विश्वमा आफूलाई महाशक्तिका रुपमा स्थापना गर्ने उद्देश्यका साथ आफ्नो लक्ष्यलाई पूरा गर्न लागिरहेको चीनको लागि महत्वपूर्ण विषय नेपाल भन्दा अरु नै रहेको स्पस्ट नै छ।

चीन एउटा प्राचीन सभ्यतासहितको मुलुक हो। झण्डै दुर्इ हजार वर्षअगाडि इशापूर्व १६४ तिर नै चिनियाँ व्यापारीहरू चीनमा बनेका सामानहरू चीनमा उत्पादन भएका रेशम चिया, भाडाकुडा लिएर मध्य एसियाको भूभाग हुँदै भूमध्य सागरको बाटोसहित युरोपका विभिन्न बजारमा पुगको इतिहास हामी सबैले पढेका छौं। झण्डै  बुद्ध समकालीन कन्फुसियसले प्रतिपादित गरेका जीवनका दर्शनहरू संसारभर फैलिएको इतिहास छ। युद्ध र क्रान्ति झेल्दै ठूलो भूभाग र जनसंख्यासहितको अहिलकोे चीन त्यसै बनेको हैन। झन्डै २१ सय वर्ष अगाडि आफ्नो मुलुकको व्यापारलाई हजारौं माइल टाढा रहेका युरोपका सहरमा पुर्‍याउन त्यो पनि आफ्नो देशको उत्पादन, आफ्नो देशको सामानलाई युरोपजस्तो ठाउँमा पुरूयाउन जुन व्यापारले बाटो निर्माण गर्‍यो त्यसलाई रेशममार्ग भन्ने गरिन्छ। त्यो रेशममार्गबाट हुने व्यापारले दक्षिण भारतीय उपमहादेश, पश्चिम पर्सिया र अरबसमेत ढाकेकोे थियो। युरोप भारतीय उपमहादेश प्रसिया अरब सबै आ-आफ्ना सभ्यताका लागि प्रसिद्ध थिए। त्यसैले अन्तर्राष्ट्रिय व्यापारको माध्यमबाट विभिन्न सभ्यताको विकासमा चीनले निर्माण गरेको रेशममार्ग एउटा सार्थक तत्वको रुपमा रहेको पाउँछौं। त्यसैले वस्तु व्यापार सँगसँगै धर्म, दर्शन, प्रविधि सूचनाको पनि व्यापक आनादप्रदान हुने गरेको इतिहासमा उल्लेख गरिएको छ। आज त्यही रेशममार्ग, जसले चीनको विकासको गतिलाई यहाँसम्म पुर्‍याउन मद्दत गर्‍यो, नेपाललाई नयाँ रुप र ढाँचामा अगाडि बढाउन चीन दृढ रहेको पाइन्छ।

कम्युनिष्ट मुलुकको रुपमा रहेको चीनले विश्वमा कम्युनिष्ट आन्दोलनलाई व्यापक बनाउन ठूलो भूमिका खेलेको पाउछौं। चीनले यो ९५ वर्षको अवधिमा निकै ठूलो परिर्वतन प्राप्तिका लागि विभिन्न चरणमा विभिन्न खाले क्रान्ति झेलेको छ। विश्वका लागि एउटा कौतहलपूर्ण देशको रुपमा स्थापित चीन इ.सं. १९७८ पछिमात्र विश्वका लागि खुल्ला भएको हो। विश्वका लागि खुल्ला गर्नुपछाडिको कारण दिगो अर्थतन्त्रको विकास गर्नु थियो। अरु मुलुकसँग उल्लेखनीय संवाद नरहेको मुलुकको आर्थिक विकासका लागि सबैभन्दा आवश्यकता थियो गुणस्तरीय शिक्षा र प्रविधि। पश्चिमेली मुलुक अझ भनौं विश्व शक्तिको रुपमा रहेको अमेरिकाको शिक्षा प्रणाली र उन्नत प्रविधि प्राप्त गर्न आफ्नो नीतिगत घोषणामा गर्‍यो सुधार गरियो र खुल्लापन अबलम्वन गरियो। इस १९७८ पछि सुरु गरेको रणनीति यसलाई कार्यन्वयन गर्न देखाएको प्रतिवद्धताले चीन आजको स्थितिमा आइपुगेको छ। चीनको जस्तै कम्युनिष्ट शासन व्यवस्थालाई अवलम्वन गरेका अन्य मुलुकले समयसापेक्ष आफूलाई सुधारमुखी र खुल्ला गर्न नसक्दा पछि परिनै रहेको उदाहरण हाम्रैअगाडि छ। तर त्यही कम्युनिष्ट मुलुक चीनले यसको आर्श्चर्यचकित पार्ने गरी गरिराखेको आर्थिक उन्नति, पूर्वाधार विकास, नागरिकको जीवनस्तरमा वृद्धि विश्वका लागि एउटा उदाहरणीय प्रयास हो। एउटै नारा छ, अग्रगामी सुधार र खुलापन उद्देश्य प्राप्तिको प्रतिवद्धता लक्ष्य निधारण गर प्राप्तिका लागि निरन्तर लागिरहेछु।

विशाल जनसंख्या र भूभाग रहेको मुलुक हो चीन। जति पूर्व र दक्षिण क्षेत्र उन्नतशील छन् त्यति नै पश्चिम क्षेत्रहरू गरिब र कम विकसित छन्। त्यसैलाई ध्यानमा राख्दै पिछडिएको गरिबी रहेको क्षेत्रका लागि गरिबी निवारण कार्यक्रम सञ्चालन गरेर त्यस क्षेत्रका लाखौं जनतालाई  गरिबीबाट माथि उठाइएका प्रत्यक्ष उदाहरण भेट्न सकिन्छ। पूर्वाधारका सबै बन्दोवस्त राज्यले गरिदिने, खेतीका लागि, उद्योग, प्रतिष्ठानका लागि चाहिने जमिन राज्यको तर्फबाट उपलब्ध हुने, लगानी सीप र प्रविधि लगानीकर्ताबाट गर्ने, उन्नत प्रविधि आवश्यकता पर्‍यो भने राज्यले सहयोग गर्ने, कामदारको सीप तालिम राज्यले गर्ने, आफै खेतीपाती उत्पादन गर्न चाहनेलाई राय, सल्लाह सरकारले गर्ने, सम्पूर्ण कच्चा उत्पादन त्यहाँ स्थापना गरेको उद्योग प्रतिष्ठानले किन्नुपर्ने व्यवस्था गरिएको थियो। यसरी ठूला लगानीकर्ता, आम नागरिक र राज्यको संयुक्त प्रयासबाट गरिएको गरिबी निवारण आयोजना पश्चिम क्षेत्रका मानिसलाई उद्यमी बनाउन, उत्पादनशील कार्यमा संलग्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पाउछौं।  झन्डै छ करोड गरिबीको रेखामुनि रहेका मानिसलाई माथि उठाएर उत्पादन कार्यमा संलग्न गराएकोजस्ता उदाहरणीय कार्यले चीनको दिगो विकासमा सघाउ पुर्‍याएको छ। यो योजनाको नाम चीन गौरव आयोजना-चाइना ग्लोरी प्रोजेक्ट) रहेको थियो।

यो चीनको अल चाइना फेडरेसन अफ इन्डष्ट्री एण्ड कमर्स नेपालको नेपाल उद्योग वाणिज्य महासंघ स्तरको संस्थाबाट परिकल्पना गरी चीन सरकारको सहयोगमा सञ्चालन गरिएको थियो। यसको सफल कार्यन्वयन चरणमा अन्य मुलुकलाई पनि काम लाग्न सक्ने, गरिबी निवारण कार्यक्रमलाई उद्यमशील र उत्पादितमार्फत् निवारण गर्न सकिने कुरालाई मनन गर्दै चीनका विभिन्न ठाउँमा खासगरी पश्चिम गरिब क्षेत्रमा सञ्चालित योजनाहरू निरीक्षण भ्रमण र अनुभव आदानप्रदान गर्न आयोजित भ्रमणमा यो स्तम्भकार पनि संलग्न थियो। १० दिने सो कार्यक्रमबाट सबै विभिन्न मुलुकका प्रतिनिधी प्रभावित भई कार्यक्रम कार्यान्वयन चरणमा देखिने समस्या पुँजीमा पहुँच, बजार व्यवस्था सम्बन्धमा व्यापक विचारविर्मश गरेका थियौं। यो उल्लेख गर्नुको पछडि एउटै कारण छ : चीनको आज विश्व अर्थतन्त्रमा देखिएको मजबुत उपस्थितिका पछाडी रहेको नीतिबारे स्पस्ट पार्नु हो। साम्यवादी व्यवस्थामा समेत निजी क्षेत्रलाई उत्पादन, उद्यमशीलता र लगानीमा प्रोत्साहन गर्नु नै हो भन्ने ठोकुवा गर्न सकिन्छ। दुर्इ देश एक मुलुकको सिद्धान्त लागू गरेर हङकङजस्तो विकसित सहरलाई विना अवरोध खुल्ला अर्थतन्त्र नीतिअन्तर्गत विश्वका लगानीकर्तालाई आश्वस्त पार्न चीन सफल भयो। आफ्नो मुलुकमा विश्वका विकसित मुलुकको पुँजी आकर्षण गर्न सफल भयो भने विश्व बजारमा गुणस्तरीय सामानको आपूर्ति, गरिब मुलुकका लागि तिर्न सक्ने मूल्य स्तरका सामान आपूर्तिमा आफूलाइ संलग्न गराएर विश्व व्यापारमा पहिलो स्थानमा हासिल गर्ने दृढता चीनले देखाएको छ। यही सिलसिलामा चीनले अवलम्बन गरिरहेको एक क्षेत्र एक माग (वान बेल्ट, वान रोड) एउटा दूरगामी रणनीति हो। जसको एउटामात्र उद्देश्य रहेको छ : आफ्नो उत्पादनलाई विश्वभर फैल्याउनु, अर्थतन्त्रलाई सवल बनाउनु। त्यहीअन्तर्गत एउटा सिल्क रोड फन्ड निर्माण गरिएको छ। जसमा  ४० अर्ब डलर पुँजी राखेर स्थल मार्गमार्फत् दक्षिण एसिया, मध्य एसिया हुँदै युरोप पुग्नु र जलमार्ग हुँदै अप्रिmका र दक्षिण अमेरिकी मुलुक पुग्ने लक्ष्य चीनको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै