‘उल्टो बाँसुरी’ को सुल्टो बजाइ

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०६९

बाँसुरी सुल्टै बजाउन त प्राय सबै जान्दैनन् भने उल्टो बाँसुरी बजाउन साह्रै गाह्रो हुन्छ नै, यो गाह्रो कामका क्रममा कमल पौडेल ‘अथक’ द्वारा अनेक सिर्जनामाथि थपिएको यो ‘उल्टो बाँसुरी’ को सिर्जनाले हाम्रासामु केही नयाँ खुराक पस्किएको अनुभूति गरेको छु।

पत्रकारिता क्षेत्र जहाँ राज्यको चौथो अङ्गको सहभागिता रहन्छ। त्यस्तो महत्त्वपूर्ण क्षेत्रभित्र विकृति र विसङ्गति रहनु हुँदैन भन्ने सवाल उठाउनका लागि त्यहाँभित्र देखा परेका अमिल्दा पक्षहरूलाई उजागर  गर्नेतर्फ कृति मुखरित छ।

पत्रकारिता समाजको ऐना हो र समाजको ऐना भएको नाताले समाजको मुहार जस्ताको तस्तै देखाउन सक्नुलाई पत्रकारिताको धर्म मानिनुपर्छ भन्ने मान्यता कृतिकारले जोड दिएका छन्।

समाजमा व्याप्त विकृति र विसङ्गतिको खेदो गर्नका लागि उल्टो बाँसुरी बजाउन पे्ररित गर्ने मनसायका साथ पत्रकारिता क्षेत्रमा देखिएका विकृति विसङ्गतिलाई मुख्य आधारको रूपमा लिइएको छ।

विकृति उधिन्ने प्रयत्नका रूपमा लेखक ‘अथक’ ले हाम्रा सामु ‘उल्टो बाँसुरी’ प्रस्तुत गरेर सभ्य समाजको निर्माण हेतु समर्पित हुन चाहनेहरूलाई राम्रो सहयोग गर्नुभएको मैले महसुस गरेको छु। समाजका लागि यो एउटा प्रेरणा पनि हुन सक्दछ।

मैले देखिरहेका एकाध मौसमी पत्रकार छन्। जसले अवसरहरूमा मात्र कमाइ खाने अर्थमा आफूलाई पत्रकारका रूपमा उभ्याउन पुग्दछन्। यस्ता केही पत्रकारहरू पनि छन् जसले गैरकानुनी तथा अमानवीय कार्य भइरहेको स्थितिलाई हप्ता असुली गर्ने अवसरका रूपमा पनि उपयोग गरिरहेका छन्।

अनि यस्ता धेरै पत्रकार छन् जस्ले जनसरोकारसँग सम्बन्धित सकारात्मक समाचारहरूको सृजनात्मक सड्ढलन गर्ने दायित्वलाई आफ्नो दायित्व ठान्दैनन् र फोटोकपी समाचारको सम्प्रेषणमा अभ्यस्त रहने गर्दा धेरै पत्रिकामा उही समाचार उही शैलीमा पस्किएको अवस्थासँग प्राय सबै पाठक परिचित छन्।

दोस्रो संस्करणका रूपमा समेत आइसकेको यो सृजना अब तेस्रो संस्करणका रूपमा आउँदा अत्यन्त परिष्कृत भएर समाजको लागि उत्कृष्ट सृजनाका रूपमा प्रस्तुत हुने अपेक्षा सहित समग्रतामा अनेक ‘मनवीरेहरू’ प्रति परिलक्षित ‘उल्टो बाँसुरी’ ले उत्साह भएका अनेक क्षेत्रका पाठकलाई एक सकारात्मक सृजना दिएको छ।

‘उल्टो बाँसुरी’ २५ धुन सहित ११० पेजमा प्रवाहित हुँदा हाम्रा भौगोलिक विविधता, प्राकृतिक छटा, ताल, तलैया र हिमपहाडहरूको अवस्थितिमा क्रियाशील भइरहेको हाम्रो सामाजिक परिवेशलाई सचित्र उतारेर जनताको जीवनस्तरमा समेत सरोकार राखेको देखिन्छ।

मैले ‘उल्टो बाँसुरी’लाई अद्योपान्त हेर्दा लेखकको आफ्नै अनुभव र भोगाइलाई काल्पनिक पात्रहरूको सहारामा समाजमा व्याप्त विकृति विस·तिको मैलो धुने प्रयासकै रूपमा बुझेको छु।

मैले पहिलो पटक हेर्दा यो त पत्रकारिताको क्षेत्रसँग सम्बन्धित रहेछ र मैले आफूलाई पत्रकार नठान्ने हुँदा यसले मेरो मनमा सामान्य खालको साहित्यानुभूतिबाहेक केही हुन सकेन।

केही समयपछि दोस्रोपटक पुनः अध्ययन गरिँदा मैले म आफू आवद्ध सामाजिक सङ्घ संस्थाहरूको अवस्था र त्यहाँ नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तिहरूको अवसरवादी व्यवहारका अतिरिक्त ‘डिंगा र जिनिश’ मा भुसुक्कै रमाउन र आफ्नो स्वार्थ पूरा गर्नका लागि अनेक दासहरूको समूह बनाइ गुटगत व्यवहार गर्ने र निर्देशित हुन चाहनेलाई मात्र काखी च्याँप्ने जस्ता मेरा अनुभवका अलावा लेखकले चित्रण गरेको भेलले बगाएर ल्याएको बालिकालाई उद्धार गर्नुको बदला झनै भेलतिरै धकेल्ने किनारामा रहेको चतुरेको व्यवहारमाथि मेरो ध्यान बढी केन्द्रित भयो।

परिस्थितिवस् २०६३ साल असौज ३१ गते गुण्डाको प्रहारबाट सडकमा ढालिएको अवस्थामा नै मेरो उद्धार गर्नुको बदलामा जुन पिचमा ढालिएको थियो सोही ठाउँमा छाडी सुरक्षित स्थानतिर नेतृत्व भागेको विगत पनि मैले यो कृतिको विषयवस्तुले स्मरण गर्न पुगेँ। भावपक्षका दृष्टिमा यो ‘उल्टो बाँसुरी’ को सफलता हो।

तेस्रो पटक पुनः पुस्तक अध्ययन गर्दागर्दै मलाई लाग्यो राणा शासनपछिको निर्दलीय पञ्चायतलाई लछारेर स्थापित भएको बहुदलीय व्यवस्थामा मिसमास भएको लोकतन्त्रले संविधानसभाका रूपमा ठड्याएको ६ सय १ जनाको जम्बो टोलीले पनि मुलुकका लागि संविधान दिन सकेन।

अहिले निर्दलीय स्वरूपको  मन्त्रिपरिषद्बाट कामकाज चलाउन परिरहेको यो मुलुकमा चतुरेजस्ता अनेक पात्रहरू राजनीतिमा छन्।

हत्यारोलाई माननीय भन्न विवस पार्ने अनि मान्छे मार्ने प्रवृत्तिलाई सामान्य रूपमा हेरिने जस्तो घिनलाग्दो प्रवृत्त्रि्रति सम्पूर्ण जनताले घृणा व्यक्त गर्दै आफ्नै स्वार्थपूर्र्तिमा लिप्त राजनीतिक प्राणिहरूको विरुद्ध ‘उल्टो बाँसुरी’ बजाउन जरूरी छ भन्नेतर्फ इ·ति गरेको गरेको छ।

इमान्दारिताको साथ समाजका निम्ति विवेकपूर्ण योगदान पुयाउने अनेक ‘अविनाशहरू’लाई वेवास्ता र उपेक्षा गर्ने अनेक ‘चतुरेहरू’को व्यवहारले हाम्रो समाजलाई विकृत बनाइरहेको छ। डर त्रास र आतड्ढको सृजना गराएर आफ्नो स्वार्थ लाद्नेहरूको विगविगीका कारण समाज आज अक्रान्त बनिरहेको छ।

यसमाथि पनि त्यही जबर्जस्ती स्वार्थ लाद्नेहरूलाई नै आफ्नै प्रतिनिधि बनाउन विवश बनिरहेको आजको समाजका त्रस्त मानिसहरूलाई अवसरवादीहरू कतिसम्म नीच हुन सक्दारहेछन् भन्ने पक्षलाई उदा·ो पारेर लेखकले यो ‘उल्टो बाँसुरी’का माध्यमबाट पाठकहरूलाई गतिलो र सिक्नैपर्ने पाठ सिकाएका छन्। तब त उनको यो कृति एक महिनाकै अवधिमा दोस्रो संस्करण रूपमा आउन पुग्यो।

परिवर्तनबाट स्थापित भएका भनिएका लगभग सबैजसो नेताले विगतमा लिएको सेल्टरलाई भुलिसकेका छन्। अनि देश र जनताको निम्ति समर्पित रहन उत्प्रेरित गर्ने एक तहका कार्यकर्तालाई पनि स्थापित भएका भनिएका नेताहरूले विर्सिएका छन्।

त्याग र बलिदान के हो ? सबैले बेवास्ता गरिरहेका छन्। कुनैपनि पार्टीको जग भनेको त्यसको कार्यकर्ता हो तर आज धेरै पार्टीकार्यकर्तालाई गुटबन्दीमा टुक्र्याएर गुट उपगुटमा पार्टीलाई विभाजन गरी समग्रमा पार्टीखरिद बिक्रीमा रहने जमातमा आधारित हुँदै सत्तालिप्साको मनस्थितिमा राजनीति अझिरहेका कारण नै त्यसको पार्श्वप्रभाव परेर समाजका हरेक क्षेत्रमा विकृति र विसङ्गति बढ्दै गइरहेको हो भन्ने कुरा पनि कृतिमा अभिव्यक्त छ।

सत्तामुखी सोचमा आधारित राजनीतिक प्रभावका कारण अधिकारमुखी सोचमा तीव्रता आएको हुँदा दायित्वतर्फ हेक्का राखी कर्तव्यको खोजी गर्ने संस्कार समाजमा हराइरहेको अवस्थामा हामी छौं।

व्यवसायिक पत्रकारिताको सवालमा बुँदागत चर्चा गरिँदा र कृषि उद्यमशीलतासम्बन्धी गतिविधिको स्थिति बुझ्न ग्रामीण क्षेत्रमा जानेक्रममा पनि ती कुरालाई गहिराइका साथ सम्बोधन गरिए कृति अझ पठनीय हुने थियो।

समाजमा गुटबन्दी जताततै व्याप्त छ। अनेक स्वार्थीले आफ्ना स्वार्थका निम्ति दासहरूको समूह खडा गर्ने जमको गर्दा लोकतान्त्रिक विधिलाई ओझेल पार्ने निरड्ढुश भावलाई छिपाइरहेको यथार्थ हामीबाट छिपेको छैन। धेरै स्वार्थीले लोकतान्त्रिक विधि अपनाएको देखाएर नै निरड्ढुशता लादिरहेको अवस्थालाई हामीले महसुस गरिरहन परेको छ।

पत्रकारिता जगतबाहेकका अन्य संस्थामा पनि धेरै त्यागी,र्र् इमान्दार तथा सक्षमलाई अपमानजनक स्थितिमा पुर्याई आफ्नै दासहरूको वर्चस्वलाई मात्र कायम गरिरहने काम लोकतान्त्रिक विधिकै घेराभित्र भइरहेको छ। विशेषगरी एकले धेरै भोटको प्रयोग र मनोनयनको प्रक्रियाको माध्यमबाट निरड्ढुश भावलाई लोकतान्त्रिक विधिकै ओझेलमा राखिरहेको आजको अवस्थालाई उजागर पार्ने कार्यमा यस कृतिले सड्ढेत गरेको छ।

मिडियालाई मागीखाने भाँडोका रूपमा उपयोग गर्नु, ठूलाबडाको खानपानमा रमाउने माध्यमका रूपमा पत्रकारितालाई लिनु लगायतका राजनीतिक दलको झण्डामुनि बसेर स्वतन्त्र पत्रकारिता गर्छुभनी ढुक्ने प्रवृत्तिलाई लेखकले गहिरोसँग उठाएका छन्।

राजनीतिक दलको झण्डामुनि नरहेसम्म सम्मानित भएर बाँच्नै सकिँंदैन भनी ठान्ने प्रवृत्ति तिरस्कृत नै भए पनि प्राय धेरै मानिस यही जन्जालमा बाँधिएका छन्। यसको पनि व्यापक चित्रण गरिएको भए यो ‘उल्टो बाँसुरी’ शिक्षामूलक हुने भएकोले पठनीय र सङ्ग्रहणीय हुन अझ बल पुग्ने थियो कि भन्ने ठान्दै म तेस्रो संस्करणको पर्खाइमा रहँदै लेखकको निरन्तर लेखनयात्रा एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै