अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

राजेन्द्र भण्डारी
कार्तिक ३, २०८०

अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय प्रतीक्षारत । हामी सांस्कृतिक सम्पदासँग रमाउन आतुर छौं । देशभरका धेरैजसो विद्यालयहरू कात्तिक १ देखि मंसिर ३ गतेसम्म दसैं, तिहार, नेपाल संवत् र छठ पर्वको पावन अवसरमा एक महिनाभन्दा बढी बिदा हुँदै छन् । लामो बिदाको समयमा बालबालिकाहरूमा पठनपाठनदेखि आनीबानीसम्म ध्यान पु¥याउन सकिएन भने उनीहरूले खराब बाटो अवलम्बन गरी समाज र राष्ट्रलाई समेत अन्धकारतर्फ डोर्‍याउन सक्छन् । बिदामा विद्यार्थीहरू धेरै दिन यहाँहरूसँगै रहने हुँदा आफ्ना बाबुनानीहरूलाई चाडपर्व मनाउने कार्यदेखि पठनपाठनसम्मका क्रियाकलापमा विशेष ध्यान पुर्‍याउनु हुन अनुरोध छ ।

हाम्रा घर आँगनमा चाडपर्व आउँदा सबैभन्दा रमाइलो हाम्रा बालबालिकाहरूलाई नै हुन्छ । विशेष गरी विद्यालय तहका साना बालबालिकाहरूका लागि त चाडपर्व र लामा बिदाको महŒव अभैm बेग्लै हुन्छ । बालबालिकाहरूले यो बिदामा के गर्ने, कसरी सदुपयोग गर्ने र अभिभावकले कस्तो व्यवहार गर्ने ? भन्ने जस्ता विषयमा विद्यालयमार्पmत् साझा विचारहरूमा अभिभावकहरू सजग हुनुपर्छ । साथै यसलाई पालना गर्न लगाएर आफ्ना बाबुनानीहरूको उज्ज्वल भविष्य रचना गर्ने अभियानमा जोडिन नितान्त आवश्यक छ ।

बालबालिकाहरूले आफ्नो इच्छालाई निरन्तरता दिने कार्यमा चित्रकला, हस्तलेखन, गीत संगीत, पेन्टिङ, डान्स आदि सिक्न सक्छन् । गाउँको सुन्दर र मनोरञ्जनपूर्ण सामाजिक, सांस्कृतिक तथा भौगोलिक परिवेशलाई हेर्न र बुझ्न सक्छन् । बालबालिकाहरूले पुस्तकालयबाट पुस्तकहरू ल्याएर पढ्न सक्छन् । आफूले हालसम्म कक्षामा पढेका र शिक्षकशिक्षिकाहरूले लेखाइ दिएका नोटहरूलाई रिभिजन गरेर ज्ञान हासिल गर्न सक्छन् । बालबालिकाहरूले घरमा बसेर चाडपर्वबाट व्यावहारिक ज्ञान हासिल गर्न सक्छन् । चाडपर्वको महत्व, विशेषता, राम्रा पक्ष र नराम्रा पक्षका बारेमा जान्न सक्छन् । आफ्नो गाउँको कला, संस्कृति र परम्पराका आदिका बारेमा बुझ्न सक्छन् । स्थानीय प्रविधि जस्तै ढिकी, जाँतो, कोल आदिसँग साक्षात्कार हुने अवसर प्राप्त गर्छन् । चाडपर्वले बालबालिकाहरूलाई आफ्ना आफन्तसँग मात्र भेट गराउँदैनन् बरू यिनले हामीबीचको भावनात्मक निकटतालाई प्रगाढ बनाउँछ । हाम्रा बालबालिकाहरू हाम्रो समाजबाट हराउँदै गएका अमूर्त नाता र सम्बन्धहरूका मूर्त विम्बहरूसँग परिचित हुने सुअवसर प्राप्त गर्दछन् ।

बालबालिका चाडपर्वको महत्व र परम्पराबारे बुझ्न, स्थानीय प्रविधिसँग साक्षात्कार हुन र अमूर्त नातासम्बन्धका मूर्त विम्बसँग परिचित हुन पाउँछन्

अभिभावकज्यूहरू, आफ्ना बालबालिकाहरूलाई बढीभन्दा बढी सिर्जनात्मक काममा संलग्न गराउनुपर्ने देखिन्छ । चाडपर्वसँगैको बिदामा उनीहरूका खानपान, स्वास्थ्य र सरसफाइमा ध्यान दिनुपर्छ । बालबालिकाहरूको मोबाइल, ल्यापटप, भिडियो गेम आदिमा लत लाग्न सक्छ । तसर्थ उनीहरूलाई यसबाट टाढा राख्नुपर्छ । विद्यालयका तर्पmबाट प्रदान गरिएको गृहकार्य तथा परियोजना कार्यमा सहजीकरण गरिदिनुपर्छ । कक्षा ८, १० र १२ का विद्यार्थीहरूका लागि बिएलई, एसइई र बोर्ड परीक्षा जीवनमा महत्वपूर्ण हुने भएकाले उनीहरूलाई पाठ्यपुस्तक, नोट, प्रश्नपत्रको संग्रह आदि पढ्न र बढीभन्दा बढी अभ्यास गर्न प्रोत्साहन गर्नुपर्ने हुन्छ । कम्तीमा दैनिक ३ घन्टा पठनपाठन कार्यमा सरिक गराउनुपर्छ । तर बालबालिकाहरूलाई दिनभरि कोठाभित्रै राख्नु गलत हुन्छ । तसर्थ टाढा नगए पनि घरबाट नजिक रहेका सम्पदाहरूमा साँझबिहान लैजाने कार्यमा सहजीकरण गर्न जरूरी छ । समाजमा मानिसको दैनिकी कसरी चलेको छ ? उनीहरूको परम्परागत ज्ञान र प्रविधि के कस्तो छ ? भन्ने कुराको जानकारी एवं अवलोकन गराउने वातावरण निर्माण गरिदिनुपर्छ । चाडपर्वमा बालबालिकाहरूले धेरै आफन्तहरूसँग भेट मात्र गर्दैनन् बरू यिनले हामीबीच हराउँदै गएका भावनात्मक सम्बन्ध, साँस्कृतिक रस र सामाजिकीकरणका सिपसँग निकटता बढाई बालबालिकाहरूमा सामाजिक जिम्मेवारीको बोध गराउँछन् । एउटा असल अभिभावकले आफ्ना बालबालिकाको सुन्दर र उज्ज्वल भविष्य निर्माण र उन्नतिका लागि पूर्णतः प्राकृतिक र सन्तुलित वातावरण उपलब्ध गराउन प्रयास गर्नुपर्ने देखिन्छ ।

बालबालिका हरेक राष्ट्रका भविष्य हुन् । अभिभावकद्वारा गरिएका असल कर्मबाट बालबालिकाको विकास र सही दिशा तय हुन जान्छ । भनिन्छ, बालबालिकाको निर्माण घरको विद्यालयमा नै हुन्छ । बालबालिकाप्रतिको सोच र व्यवहारलाई सकारात्मक बनाई भविष्यप्रति सजग तथा आशावादी गराउँदै एउटा सिर्जनशील नागरिक बनाउनमा अभिभावकको भूमिका अत्यन्तै अर्थान्वित हुन्छ । विद्यालय जाने हरेक बालबालिकाको सपना हुन्छ र बालबालिका विद्यालय गएको हेर्ने हरेक अभिभावकमा सपना हुन्छ । विद्यालय पठाउने सपना देख्ने मात्र होइन, बालबालिकालाई संस्कारयुक्त शिक्षा दिने दायित्व पनि अभिभावकको हो । समयले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने क्रममा पर्याप्त सचेतना अपनाई नयाँ समाज निर्माण गर्ने जिम्मेवारीे हाम्रो काँधमा सुम्पेको छ । बालबालिकाभित्र लुकेको अथाह प्रज्ञालाई उजागर गर्ने यात्रामा हामी सबै मिली सामाजिक अभियन्ता बनौं ।

अन्त्यमा, २०८० सालका महान् चाडपर्व दसैं, तिहार, नेपाल संवत् तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय अभिभावकज्यू, विद्यालयलाई माया गर्नुहुने सम्पूर्ण शुभेच्छुक तथा प्यारा विद्यार्थी भाइबहिनीहरूमा सु–स्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा शैक्षिक उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !

Related News

सम्बन्धित समाचार

hero news full width