बागलुङ, २९ चैत । स्थानीय तहमै कोभिड–१९को दु्रत जाँच (¥यापिड टेष्ट) भइरहेको छ । अगामी सोमबारसम्ममा जिल्लाका दशवटै स्थानीय तहका शङ्कास्पद ९७१ जनामा कोरोनाको दु्रत जाँच गरिनेछ ।
सङ्क्रमितसँग सम्पर्क भएका र विदेशबाट आएका सबैमा कोरोना जाँच गरिने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । दु्रत जाँचका लागि जिल्लाभर स्वास्थ्य प्राविधिक खटिएका छन् । शुक्रबार ९४ जनामा जाँच गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको जनाइए पनि त्यसको विस्तृत जानकारी स्वास्थ्य मन्त्रालयले गराउनेछ । तीमध्ये बागलुङ नगरपालिकाका २८ जना, बडिगाड गाउँपालिकाका ५९ र तमानखोला गाउँपालिकाका सातजनामा कोरोना जाँच गरिएको थियो ।
कार्यालय प्रमुख सुरज गुरौका अनुसार बागलुङ नगरपालिकामा कुल १९२, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा ७८, बरेङ गाउँपालिकामा ५६, जैमिनी नगरपालिकामा ८६, निसीखोला गाउँपालिकामा १०३, काठेखोला गाउँपालिकामा ५६, बडिगाड गाउँपालिकामा १६१, गलकोट नगरपालिकामा १२८ र ताराखोला गाउँपालिकामा ३३ जनामा कोरोना जाँच गरिनेछ ।
“¥यापिड टेष्टका लागि जिल्लाभर स्वास्थ्यकर्मीको चार टोली परिचालित छ”, उहाँले भन्नुभयो, “स्थानीय तहसँगको समन्वयमा जाँचको काम भइरहेको छ ।” स्थानीय तहले निर्माण गरेका ‘क्वारेनटाइन’ स्थलमा बोलाएर शङ्कास्पद व्यक्तिमा कोरोना जाँच्ने गरिएको छ ।
ढोरपाटन, बडिगाड, तमानखोला र निसीखोलामा शुक्रबारदेखि शुरु भएको दु्रत जाँच शनिबार सकिँदैछ । बागलुङ, काठेखोला, गलकोट, जैमिनी र ताराखोलामा आइतबारसम्ममा शङ्कास्पद सबैको जाँच गरिनेछ । बरेङमा आइतबार र सोमबार जाँच हुने भएको छ । किटको प्रयोग गरेर गरिने ¥यापिड टेष्टको रिपोर्ट १५ मिनेटमै आउने गरेको छ । पोजेटिभ रिपोर्ट आएमा पुनः स्वाबसमेत सङ्कलन गरेर थप पुष्टिका लागि पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइनेछ ।
यसअघि स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले बिहीबार बागलुङका स्वास्थ्य प्राविधिकलाई ¥यापिड टेष्टसम्बन्धी प्रयोगात्मक अभिमुखीकरण प्रदान गरेको थियो । सरकारले दुईजना सङ्क्रमित भेटिएसँगै बागलुङलाई कोभिड–१९ को जोखिमयुक्त जिल्ला किटान गरी ¥यापिड टेष्ट गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसबाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवती र वडा नं. ३ की ६५ वर्षीया महिला अहिले धवलागिरि अञ्चल अस्पतालमा उपचाररत छन् । दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । युवतीमा यही चैत १५ गते र महिलामा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दुवै बेल्जियमबाट दोहा हुँदै कतार एयरको विमानबाट चैत ४ गते नेपाल आएका थिए ।
यसैबीच, ६५ वर्षीया महिलामा गरिएको कोरोनाको दोस्रो परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालले जनाएको छ । यसअघि १९ वर्षीया युवतीमा गरिएको दोस्रो परीक्षणमा पनि पोजेटिभ रिपोर्ट आएको थियो । लगातार दुई पटक कोरानाको नेगेटिभ रिपोर्ट आएपछि मात्र बिरामीलाई अस्पतालबाट घर पठाइने चिकित्सकले बताएका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
अधिकारी सरकारको वैधताको टुंगो आज !
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१