–वासुदेव पौडेल–पोखरा, २१ चैत । पोखरा महानगरपालिका वडा नं ३३ बाघमाराका अगुवा कृषक ठाकुर आचार्यका गोठमा ६० वटा गाई छन् । केही दिन यता जारी लकडाउनका कारण गोठमा न पराल, छ नत दाना । जेनतेन पाखाबाट स्याउला थपथाप गरी अहिलेसम्म गाई बचाएको बताउँदै आचार्यले यो क्रम लम्बिने हो भने तिनीहरूलाई बचाउन पनि मुस्किल भएको दुःखेसो गरे ।
“खै यो लकडाउन कति दिन लम्बिने हो, दाना, पराल सबै सकिएको छ”, उनले भने “व्यावसायिक गाई पालन थालेको एक दशक बित्यो तर यस्तो दुःख त पहिलो पटक भोग्नु प¥यो ।” नाकाबन्दीको समयमा पराल तथा दाना आपूर्तिमा सामान्य समस्या भोगे पनि अहिलेको जस्तो त कल्पना नै नगरेको उनले बताए । एक दशकअघि पटकपटक बारीको तरकारी खाइदिएर हैरान पारेको बेवारिसे गाई विसं २०६६ चैतमा समातेर बाँधेका उहाँले त्यस यता गर्दै आएको गाईपालन अहिले भने आचार्य गाई फार्ममा परिणत छ । गाईपालनसँगै तरकारी खेतीका लागि मल पर्याप्त हुन थालेपछि उनले गाईपालन र तरकारी खेतीलाई सँगसँगै अघि वढाएका छन् । गाईफार्ममा डेढ करोडभन्दा बढी लगानी गरिसकेका उनलाई अहिले भने दाना र पराल अभाव भएपछि भएका गाई कसरी बचाउने भन्ने चिन्ताले पिरोलेको छ । पैसा कमाउने इच्छासँगै १४ वर्षेको कलिलै उमेरमा भारतको केरलामा पुगेका आचार्यले डेढ दशक विदेशमै बिताए ।
त्यहाँको बसाइँले उहाँलाई स्वदेशमा नै केही गनुपर्छ भन्ने पाठ मात्र सिकाएन, अरुका लागि पनि अनुकरणीय बने । घरपरिवारको जीविकोपार्जन त छँदै छ आम्दानीका साथै अरुलाई पनि रोजगारी दिँदै आएका आचार्यले अहिले भने लकडाउनका कारण व्यवसाय धान्न नै मुस्किल परेको गुनासो गरे । उनका अनुसार लकडाउन शुरु भए लगत्तैदेखि पराल तथा दाना सकिएका कारण दूधको उत्पादन पनि घटेको छ । “लकडाउन अघि दैनिक ३०० लिटरसम्म दूधको उत्पादन हुने गर्दथ्यो अहिले भने २०० लिटर पु¥याउन पनि धौं धौं हुने गरेको छ,” उनले भने “दाना पराल पर्याप्त नभपछि दूधमा गुणस्तर कम हुँदै फ्याट कमी भएपछि विगतको मूल्य समेत पाउन सकिएको छैन ।”
दूध सङ्कलन केन्द्रमा पु¥याइने दूध पनि फ्याटको आधारमा प्रतिलिटर ५५र५६ रुपैयाँ लिने गरेकामा अहिले फ्याट कम हुन थालेपछि प्रतिलिटर ५० को हाराहारीमा झर्ने गरेको कृषकको गुनासो छ । लकडाउनका कारण बजारमा बसोबास गर्दै आएका अधिकांश गाउँ फर्केपछि दूधका उपभोक्ता घटेसँगै उत्पादित दूधले पनि बजार नपाएको उनले दुःखेसो पोखे । उनका अनुसार दूधले बजार नपाएपछि दुहेको दूध पनि आधाआधी गाईलाई नै खुवाउनुपर्ने बाध्यता बनेको छ । गाईपालनसँगै तरकारी खेती समेत गर्दै आएका आचार्यको बारीमा यतिखेर बन्दा छिप्पिँदै गएका छन् । यतिखेर तरकारी खेतीबाट ६० हजार रुपैयाँसम्म आम्दानी गर्ने सोच राखेको बताउँदै उनले बन्दाका लागि बजार नपाए पछि उक्त सोचाई पनि सपना जस्तै बनेको पीडा व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
निर्माण व्यवसायीले बुझाए ज्ञापन
सुलभको बम्पर उपहारमा राहुललाई स्कुटर
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
hero news full width
मुख्य समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१