घरेलु मदिरा नष्ट

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७६
Madira nasta

लेखनाथ । सामुदायिक प्रहरी सेवा केन्द्र र इलाका प्रहरी कार्यालय हंसपुर डाँडाकोनाकले अवैध रुपमा उत्पादन भएको घरेलु मदिरा जफथ गरी नष्ट गरेको छ ।

पोखरा २९, खल्याडका २ वटा घरबाट बरामद गरिएको करीब १ हजार ८ सय लिटर घरेलु मदिरा र १ सय ६० केजी मदिरा बनाउने प्रयोग गर्ने कच्चा पदार्थ नष्ट गरिएको हो ।जफथ मदिरा र मदिरा उत्पादन गर्ने सामग्रीमा कँुहिएर कीरा समेत देखिएको छ । अहिलेसम्मकै सबैभन्दा धेरै मदिरा बरामद गरी नष्ट गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव त्रिलोचन लामिछानेले जानकारी दिए । प्रहरीले यसअघि पनि घरेलु मदिरा नष्ट गर्दै आएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width