ढुङ्गाना बन्धुको छैटौं साधारण सभा

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७६

लेखनाथ । ढुङ्गाना कुल विकास एवं संरक्षण समिति, पोखरा २६ को शनिवार सम्पन्न छैटौं साधारण सभा तथा अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्वसम्मत् चयन भएको समितिको अध्यक्षमा पोष्टराज ढुङ्गाना, उपाध्यक्षमा विदुरमणि ढुङ्गाना, सचिवमा मनोहरि ढुङ्गाना, सहसचिवमा विष्णुहरि ढुङ्गाना र कोषाध्यक्षमा केशवराज ढुङ्गाना रहेका छन् ।सदस्यमा कृष्णहरि, अमृत, नरहरि, ठाकुरप्रसाद, महादेव, एकराज, नारायण र रामचन्द्र ढुङ्गाना छन् । समितिको वरिष्ठ सल्लाहकारमा नवराज ढुङ्गाना रहेको पत्रकार महेन्द्र ढुङ्गानाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width