आहा ! रारा गोल्डकपको उपाधी मनाङ मर्स्याङ्दीलाई

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७६
MMC

पोखरा, १ चैत्र । १८ औं आहारारा गोल्डकपको उपाधी पुलिसलाई टाईवेकरमा ४–३ ले हराउँदै मनाङ मस्र्याङ्दीले जितेको छ ।

तस्वीरः दुर्गा प्रसाद पाैडेल ।

निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल रहित बराबरी खेलेपछि अतिरिक्त ३० मिनेट थपिएको थियो ।अतिरिक्त समयमा पनि उपाधी नतिजा नआएपछि टाईवेकरमा धकेलिएको थियो । खेल अवधीभर मनाङले १६ र पुलिसले ११ टार्गेट गरेका थिए ।

पुलिसले क्वाटरफाइनलमा आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४–२, सेमिफाइनलमा थ्रीस्टारलाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने मनाङले क्वाटरफाइनलमा झापा–११ लाई १–० र सेमिफाइनलमा आर्मीलाई ३–२ गोलअन्तरले चुनौती पन्छाउँदै फाइनल यात्रा तय गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग