विरुवा सहकारीको अवलोकन भ्रमण

आदर्श समाज सम्वाददाता
फागुन २१, २०७६
biruwa

पोखरा ।विरुवा बचत तथा ऋण सहकारीको अवलोकन भ्रमण टोलि ४ दिने भ्रमण सम्पन्न गरी सोमबार पोखरा फर्किएको छ ।शुक्रबार पोखराबाट हिडेका भ्रमण टोलीले दोलखा जिल्लाको उत्तरी सिमानामा रहेको कालिङचाृक, चरिकोट, जिरी रामेछापको मन्थली–सिन्धुलीको खुरकोट, धुलिखेल बनेपा र काठ्माडौंको अवलोकन भ्रमण सम्पन्न गरेका हुन् ।

सहकारीका अध्यक्ष चित्रराज वरालको संयोजकत्वमा रहेको भ्रमण टोलीमा ८० जना शेयर सदस्य र कार्यसमितिका पदाधिकारीहरु रहेका थिए ।संयोजक चित्रराज बरालका अनुसार भ्रमण अत्यन्त सफल भएको कालिन्चोक पुग्दा हिउँको थुप्रोमा खेल्न पाउँदा हिउँ खेल्न पाउँदा भ्रमणमा सहभागी सदस्यहरु अत्यन्तै खुसी भएका थिए ।भ्रमणको क्रममा भ्रमण टोलिले एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अवलोकन गर्नुका साथै संख्था एकीकरण गर्दा अपनाउनु पर्ने प्रकृयाि लगायतका विषयमा जानकारीलिएका थिए ।

एकीकृत फ्रेण्डसिप सहकारीका प्रतिनिधि निर्मल कुमार कार्कीले सहकारीको बारेमा जानकारी गराएका थिए भने विरुवा सहकारीका तर्फबाट अध्यक्ष चित्रराज बरालले जानकारी दिए ।भ्रमणको शिलशिलामा भ्रमण टोलीले दोलखा जिल्लामा रहेको कालिन्चोक प्रसिद्ध भगवती, चरिकोटमा रहेको भिमेश्वरी महादेवको मन्दिर र सोही ठाउँमा रहेको त्रिपुराश्वरी रानीको निवास र पार्कको अवलोकन गरेका थिए भने दोलखाको जिरीमा अवस्थित जिरेश्वर महादेव मन्दिरको दर्शन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width