कफीमा असल उत्पादन अभ्यास तालिम

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७६
coffee 1

पोखरा, १७ फागुन । लमजुङका २० कफी पल्पर अपरेटरलाई कफीको उत्पादन, प्रशोेधन, गुणस्तर व्यवस्थापन तथा बजारीकरणका बिभिन्न मूल्य शृंखलामा अपनाउने पर्ने असल उत्पादन अभ्यास सम्बन्धी बेसीसहरमा २ दिने तालिम सम्पन्न भएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराको आयोजना, कृषि ज्ञान केन्द्र लमजुङ समन्वय तथा लमजुङ कफी सहकारी संघ लिमिटेडको व्यवस्थापनमा कफीलाइ पिउनयोग्य बनाउन कफी उत्पादनदेखि प्रशोधन हुदै बजारीकरणसम्म असल र स्वस्थकर अभ्यास अपनाउनकै लागी यस्तो तालिम दिइएको हो । कफीका बिभिन्न मूल्य शृंखलाहरुमा असल उत्पादन सम्बन्धी प्रविधिको प्रयोगबाट कफीमा ओक्राटक्सिन लगायतका क्यान्सरजन्य र हानीकारक ढुसीको उत्पादन तथा नियन्त्रण गर्न सकिन्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा उच्च मूल्यमा बिक्री गर्न सकिन्छ । कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका प्रमुख चन्द्र पुरीले कफीको गुणस्तर किसानको हातबाट शुरुहुने हुँदा किसानस्तरमा कफी गुणस्तर तालिम संचालन गरिएको बताए ।

कफीको १०० प्रतिशत गुणस्तर मध्य किसानको हातमा ४० प्रतिशत हुने र थप ४० प्रतिशत पल्पर अपरेटरको हातमा हुने भएकाले जिल्लाका अगुवा पल्पर अपरेटरलाई यो तालिम फलदायी हुने र उच्च मूल्यमा बिक्रीहुने गुणस्तरीय कफी उत्पादन गर्न थप आत्माबिस्वास जगाउने विश्वास गरिएको छ । कृषि ज्ञान केन्द्र, लमजुङका प्रमुख रोहिणीराज घिमिरेले व्यवसायिक कफी खेतीका निम्ति अति संभावित रहेकाले कृषकहरुलाई सोही अनुसार योजना निर्माण गर्न र वर्तमान समयमा थोरै तौल तर धेरै मूल्य पर्ने कफी जस्ता बालीहरुको प्रबधन गर्नु ज्ञान केन्द्रले कुनै कसर बाँकी नराख्ने कुरा बताए । वागबानी बिकास अधिकृत वीरेन्द्र धिताल, कृषि अर्थ बिज्ञ मदन रेग्मी, कफी सहकारी संघका अध्क्षय बिस्व अधिकारी, कृषि बिज्ञ श्रीकान्त अधिकारी लगायतले कफीका बिभिन्न मूल्य शृंखलाहरुका प्रबिधि बिषयमा चर्चा गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width