उज्यालो चौतारीद्वारा स्कुललाई स्टेशनरी सामाग्री वितरण

आदर्श समाज सम्वाददाता
फागुन १७, २०७६
lions

पोखरा, १७ फागुन  । लायन्स क्लब अफ पोखरा उज्यालो चौतारीले पर्वत जिल्ला कुनपा ३ दुर्लङ मा रहेको सूर्य प्रकाश माविमा निशुल्क आँखा शिविर र स्टेशनरी सामाग्री वितरण गरेको छ ।

सो स्कुलमा पढ्ने १ देखि ५ कक्षासम्मका ५२ जना विद्यार्थीलाई स्टेशनरी सामाग्री, झोला, कापी, कलम, पानी पिउने बोत्तल लगायतका सामाग्री वितरण गरिएको थियो भने स्कुललाई खानेपानी ट्याङकी प्रदान गरिएको थियो । उज्यालो चौतारीले हिमालयन आँखा हस्पिटल पोखराको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर कार्यक्रम समेत राखेको थियो । कार्यक्रममा हिमालयन आखा हस्पिटलका नेत्र सहायक धर्मेन्द्र घोरासैनीबाट झन्डै ९ सय जनालाई निशुल्क आँखा जाच समेत गरिएको थियो ।

कार्यक्रममा डिस्की ३२५ बि १ नेपालका कलस्टर प्रमुख बसन्त गिरीले लायन्सले विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गरे । कार्यक्रममा स्कुललाई आवश्यक शैक्षिक सामाग्री प्रदान गरेकोमा निकै खुशी लागेको सोही स्कुलका शिक्षक बालकृष्ण शर्माले बताए । कार्यक्रममा लोकदोहोरी गायक कृष्ण सुवेदीले साँगीतिक प्रस्तुति राखेका थिए ।

क्लबका अध्यक्ष मिनबहादुर अधिकारीको अध्यक्षता भएको कार्यक्रममा कमिटी चेयर पर्शन जितबहादुर थापा, राजकुमारी थापा, जोन चेयर प्रसन नगेन्द्रप्रसाद पोख्रेल, कमिटीको चेयर प्रसन रजनी कोइराला, विरौटा साझा चौतारीका उपाध्यक्ष कल्पना अर्याल, युनिटी चौतारीका सचिव रामेश्वर सुवेदी, शान्ति सिग्देल, पोखरा उज्यालो चौतारीका उपाध्यक्ष रुद्र लम्साल, कार्यक्रम सयोजक अच्युत शर्मा, कोषाधयक्ष जयराम अधिकारी बिक्रम खत्री, शकर राई, फतबहादुर हिसकी,जयन्ती क्षत्रीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन उज्यालो चौतारीका सचिव केशव सुवेदीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width