पोखरा। गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तमु प्ये ल्हु संघले अघि सारेको गुरुयोजना प्रदेशकै गौरवको आयोजना हुन सक्ने बताएका छन् ।तमु प्ये ल्हु संघले शनिबार पोखरामा १ अर्ब २५ करोड लागत इष्टिमेटसहित विस्तृत गुरुयोजना सार्वजनिक गरेको हो । सो गुरुयोजनालाई प्रदेश सरकारले सक्दो सहयोग गर्ने मुख्यमन्त्री गुरुङले आश्वासन समेत दिए ।
तमु प्ये ल्हु संघको विस्तृत गुरुयोजनामा क्होइबो घर, अर्घुं घरसहित सभाहल, वृद्धवृद्धाको लागि डे केयर, स्वास्थ्य चौकी, रेष्टुरेन्ट, गेष्ट हाउस, स्वीमिङ पुल लगायत योजनाहरु समावेश छन् । सो गुरुयोजना सार्वजनिक गर्दै प्रमुख अतिथि गुरुङले भने, ‘पुरातात्विक महत्वको विषय, धार्मिक, सांस्कृति र भाषिक विषयलाई संरक्षण गरी समृद्धिसँग जोड्ने यसखालको गुरुयोजना प्रदेशकै गौरव बन्नेछ । विकासलाई इतिहास र पहिचानसँग जोड्न सकिएन भने त्यो विकास निरर्थक हुन्छ ।’
उनले पुँजीगत खर्चको लागि गरिने प्रक्रिया पनि गलत भएको बताएका छन् । आर्थिक वर्षको बजेट साउनबाट लागू भए पनि त्यसको अख्तियारी दिनलाई ४÷५ महिना प्रक्रिया लाग्ने र सार्वजनिक खरिद ऐनले पनि ढिलासुस्ती हुन गई ६÷७ महिना लाग्ने बताए ।उनले भने–‘अहिलेको प्रविधिको युगमा ३५ दिने सार्वजनिक म्यादलाई एक हप्तामा झार्नुपर्ने पर्छ । पुँजीगत खर्च ढिलासुस्ती हुँदा हरेक ठाउँमा असर गर्छ, यसले रोजगारीमा पनि असर पु¥याएको छ, आम्दानीमा असर पु¥याएको छ ।’
तमुहरुको ऐतिहासिक एवम् पुरातात्विक क्होलालाई संरक्षण, सम्बद्र्धन गर्न आवश्यक सहयोग गर्ने मुख्यमन्त्री गुरुङले बताए । क्होलालाई मौलिकतामा नबिगारी त्यसको संरक्षणमा गण्डकी प्रदेश लाग्ने पनि उनले भने ‘जथाभावी बनेको भौतिक संरचना, पार्टी पौवालाई हटाउनु पर्छ, त्यसको मौलिकता संरक्षणको लागि गण्डकी प्रदेशले काम गर्छ ।’कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा, अर्का सांसद मानबहादुर गुरुङ, गुरुयोजनाका परिकल्पनाकार आर्किटेक्चर इञ्जिनियर बाबुराम भण्डारी, पोखरा ११ का वडाध्यक्ष मोहन बास्तोला, मण्डला आईटी सोलुसनका सफ्टवेयर इञ्जिनियर तथा तमु प्ये ल्हु संघको वेभ डिजाइनर प्रतिमा शर्मा, संघका वरिष्ठ उपाध्यक्ष आइबहादुर ल्हेंगे तमुले मन्तव्य व्यक्त गरेका थिए । संघ अध्यक्ष हितकाजी टु तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हर्कबहादुर योज तमुले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१