म्याग्दी ।गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले म्याग्दीको देविस्थानमा नवनिर्मित देविस्थान स्वास्थ्य चौकी भवन उद्घाटन गरेकी छन् । मालिका गाउँपालिका– ५ स्थित मगरदाङ्गमा नवनिर्मित देविस्थान स्वास्थ्य चौकी भवन विहीबार उद्घाटन गरेकी हुन् । मन्त्री पुनले स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्यका औजार उपकरण सहयोग गर्न प्रदेश सरकार तयार रहेको आश्वासन दिइन् । अहिले विभिन्न स्वास्थ्य संस्थाहरूमा कर्मचारी अभाव भएको उनको भनाइ थियो ।
‘प्रदेश सरकारले नागरिकका आधारभूत आवश्यकता मध्येको स्वास्थ्यका लागि लागिपरेको छ’उनले भनिन् ‘नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ, जनशक्ति थप गरेर भए पनि स्वास्थ्य सेवा घरदैलोमै पु¥याउछौं ।’ मन्त्री पुनले भनिन् ‘स्वास्थ्यमा सुधार गर्नुपर्ने धेरै छ । ती क्रमिक रूपमा सुधार हुन्छन्।’ साथै उनले प्रदेश सरकारबाट विनियोजित बजेट तथा योजनाहरुको बारेमा जानकारी गराएकी थिइन् ।
कार्यक्रमममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले स्वास्थ्य चौकी निर्माणसंगै आवश्यक आधारभूत स्वास्थ्य सेवा सुविधा उपलब्ध भएको बताए । उनले स्वास्थ्य चौकी दीर्घकालिन संचालन तथा संरक्षणका लागि स्थानीयको दायित्व भएको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खरमाया विटालु, वडा ५ की अध्यक्ष पिपला बुढाथोकी, गाउँपालिका स्वास्थ्य संयोजक सन्तुकुमारी कार्की, वल्ड वाइड भगवती मालिका जेवीका निर्माण व्यवसायी गोपाल भट्टचन, जग्गादाता जालदेवी सुनार, समाजसेवी भकबहादुर घर्ती, कुलबहादुर घर्ती, स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष होमबहादुर बुढाथाकी लगायतले बोलेका थिए । स्थास्थ चौकी भवन निर्माणसँगै स्वास्थ्य सेवा सहज हुँदै गएको बताउँदै स्थानीय इन्द्रमति फगामीले आवश्यक स्वास्थ्य औजार उपकरणहरु सहितको सेवा दुर्गम गाउँमा उपलब्ध गराउन स्थानीय, प्रदेश र संघीय सरकार लाग्नुपर्नेमा जोड दिइन् ।
२०७४ बैशाखमा वल्ड वाइड भगवती मालिकाले तत्कालिन सहरी विकास डिभिजन कार्यालय बागलुङ्गबाट भवन निर्माणको १ करोड ६० लाख रुपैयाँ लागतमा ठेक्का सम्झौतागरी काम अगाडि बढाएको निर्माण व्यवसायी कम्पनीले २०७६ असार मसान्तमा निर्माण सम्पन्न गरी स्वास्थ्य चौकीलाई भवन हस्तान्तरण गरेको थियो । दुईतले स्वास्थ्य चौकीको २० कोठा रहेको छ । स्वास्थ्य चौकीका इञ्चार्ज तेजिन्द्र रानाले चौकीलाई नमूना बनाउन केन्द्र, प्रदेश र स्थानीय तहको विशेष ध्यान जान अनुरोध गरे ।कार्यक्रममा बुबा आमाको स्मृतिमा करिब ६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने निलप्रसाद बुढा र रगबहादुर बुढालाई स्वास्थ्य चौकीले सम्मान गरेको थियो । स्थानीयले बाजागाजा, सोरठी तथा विाद्यर्थीहरुले नृत्य प्रस्तुत गरी खुसीयाली मनाएका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१