विजय नेपाल-पोखरा । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले देशका ७ सय ५३ वटै स्थानीय तहमा खेलकुदको भौतिक पूर्वाधार निर्माणमा लागिपरेको बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राखेप सदस्यसचिव सिलवालले सो कुरा बताएका हुन् ।
उनले खेलकुदको भौतिक पूर्वाधार तथा खेल गतिविधिमा सक्रिय हुनेलाई रकम समेत उपलब्ध गराइने तर कामै नगरी बजेट माग्नेलाई दण्डसजायको दायरामा ल्याइने चेतावनी समेत दिए ।उनले गण्डकी प्रदेशमा आगामी वर्ष फागुनमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पूर्वाधार निर्माणमा जुटिसकेकोसमेत बताए । राष्ट्रिय खेलकुदमा गण्डकीका ११ जिल्लामध्ये १० मा कुनै न कुनै खेल हुने उनले बताए । स्वीमिङ पुल निर्माणको लागि टेन्टर गरेर काम सुरु गर्ने, क्रिकेटको लागि एक हप्ताभित्र थप काम थालनी गर्ने, गल्फ कोर्सको लागि न्यूनतम २ होल निर्माण गरी प्राक्टिक्स सुरु गर्ने बताए । केही सरकारी स्कुल तथा कलेजमा रहेका ठूला खेल मैदान (पीएन, अमरसिंह स्कुल), प्रहरी र सेनामा रहेका खेलमैदान कसरी उपयोगी बनाउनेबारे सोचेको बताए । प्रतियोगितामा बढीमा ३५÷३६ खेल हुने बताए । खेल पूर्व खेलकुद पत्रकार मञ्चसँग मिलेर पत्रकारको लागि तालिम आयोजना गरिनेसमेत प्रतिबद्धता व्यक्त गरे ।
यतिखेर देशभर कुनै न कुनै खेलकुद गतिविधि जारी रहेको भन्दै उनले यसबाट खेल, खेलाडीको विकास सहित आर्थिक गतिविधि चलायमान हुने बताए । १३ औं दक्षिण एशियाली खेलकुद (साग) को हिसाब–किताब ३ महिनाभित्र गरिसक्ने बताए । सागमा नेपालको प्राप्त उपलब्धिको सधैँ गीत गाएरमात्र नहुने भन्दै उनले अब नवौंमात्र नभई आफू १० औं राष्ट्रिय खेलकुदलाई हेरेर योजना बनाएको बताए । अब हुने ओलम्पिक खेलका लागि स्वीमिङ र सुटिङका खेलाडी प्रशिक्षणमा रहेको जानकारी दिए ।
निर्माणाधीन पोखरा रंगशाला आगामी चैतभित्र सम्पूर्ण निर्माण सम्पन्न हुने बताए । उनले भने, ‘अहिले कन्स्ट्रक्सन फेजमै छौं । आगामी चैतसम्म निर्माण पूरा हुनेछ ।’ त्यस्तै, आगामी फागुन २२ देखि हुने १८ औं संस्करणको आहारारा गोल्डकप समेत पोखरा रंगशालामै हुने जानकारी दिए । त्यसका लागि कम्तिमा १३ हजार सिट तयार भइसक्ने र बाँकी ३४ सय सिट समेत खेल अन्त्यसम्म निर्माण हुन सक्ने बताए ।यसअघि, सिलवालले रंगशालाको कार्यप्रगतिबारे जानकारी लिएका थिए । आहारारा सुरुवात हुँदासम्म १३ हजार ७ सय सिट बस्नलायक हुने बताइएको छ ।पूर्वाधार निर्माणपछि संरक्षण आवश्यक रहेको भन्दै पोखरा रंगशाला प्रवेशमा कम्तिमा केही न केही शुल्क लिनुपर्र्ने व्यवस्था गर्नुपर्ने बताए । उनले बिजेनस कम्प्लेक्सको अवधारणासमेत रहेको बताए ।खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव विजय नेपालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१