पोखरा । पोखरा २२ अन्तर्गत कालावाङ घरेडीस्थित घरेडी घोथाने १२ भाईका छोरी चेलीहरुको पहिलो भेलाले आगामि २ वर्षका लागि बुद्धिमाया गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्ष बिना गुरुङ, सचिव शर्मिला गुरुङ, कोषाध्यक्ष सुष्मा गुरुङ, सहसचिव पूजा गुरुङ, सहकोषाध्यक्ष जौमाया गुरुङ छन् । सदस्यमा सुशीला गुरुङ, विजयलक्ष्मी गुरुङ, लक्षिणदेवी गुरुङ, फूलमाया गुरुङ र चुर्णकुमारी गुरुङ चयन भएका छन् ।
समितिको सल्लाहकारमा दुर्गा देवी (बज्यैनानी) गुरुङ, नन्दुसुवा गुरुङ, छल्वी गुरुङ, वसन्ती गुरुङ, हुमकुमारी गुरुङ छन्र । त्यस अवसरमा पोखरा २२ कालाबाङ घरेडी माइती भई विभिन्न गाँउ, जिल्ला, नेपाल लगायत विदेशमा बिवाह बन्धन बाँधिएर परिवारिक जीवन बिताइरहेका चेलीबीच परिचयसहित पारिवारिक नाता विषयक अन्तरक्रिया गरिएको थियो । सो कार्यक्रममा दुर्गादेवी गुरुङ (बज्यैनानी), शुष्मा गुरुङ, मीना गुरुङ, शर्मिला गुरुङ र रष्मिता गुरुङबीच पाँचौ पूस्ता एक आपसमा रहेको औपचारिक जानकारी गराईएको थियो ।
साथै भेलाले एकचेलीले अर्को चेलीमा भैपरि आउने दुःख, विरामी भै उपचार गर्न आर्थिक अभाव हुन नदिन तथा सामाजिक सद्भाव, जातीय एकता कायम गर्ने र माइतीमा दुःख पर्दा सहकार्य समन्वय गर्न कोष खडा गरेको भेलाका सहजकर्ता शि हुवा फू ताङका ईन्चार्ज यामबहादुर गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
किशोरीका लागि सीपमूलक शिक्षा
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
जनजागृति आमा समूहमा शान्ति
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१