धर्मस्थली विद्यालयको ४६ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ १४, २०७६
Dharmasthali

पोखरा । पोखरा ५ स्थित धर्मस्थली आधारभूत विद्यालयको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । विद्यालयलाई सहयोग गर्ने शिक्षक, कर्मचारी र सहयोगीहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले प्राविधिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताए । उनले दुःख कष्ट सहेर अगाडि बढ्ने व्यक्ति नै सफल हुने बताए । पोखरा महानगरपालिका शिक्षा शाखा प्रमुख गंगाबहादुर गुरुङले सामुदायिक विद्यालयले संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न नसक्नुको कारण समीक्षा गर्नुपर्ने औंल्याए ।

पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले रोजगारमूलक शिक्षा हुनुपर्नेमा जोड दिए । कार्यक्रममा विद्यालय प्रधानाध्यापक केदारनाथ बरालले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस अवसरमा समाजसेवी विष्णुप्रसाद बराल, राजुप्रसाद अधिकारी, नरहरी बराल, डा त्रिभुवन शर्मा, वेदनिधि शर्मा, नारायणप्रसाद सुवेदी, सुशान्त तिमिल्सिना र वसन्तराज रेग्मीले बोलेका थिए । समाजसेवी शिवप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक हरिचन्द्र अधिकारीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width