पोखरामा २९ राउण्ड गोली सहित शाही प्रहरी नियन्त्रणमा

आदर्श समाज सम्वाददाता
माघ १२, २०७६
d3

पोखरा, १२ माघ । पोखरा–२७ रिठेपानी निवासी ४० वर्षीय जितु शाही २९ राउण्ड गोली सहित आइतवार पोखरा बिमानस्थलबाट पक्राउ परेका छन् ।

यति एयरको उडानद्वारा काठमाण्डौ जाना लागेको शाही बिहान १०.१५ बजे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख दानबहादुर काकीृले बताए । बिमानस्थलमा शाहीले बोकेर ल्याएको झोला एक्सरे मेशिनले चेकजाँच गर्ने क्रममा उनको झोलामा वाइसबोर राइफलमा प्रयोग हुने २९ राउण्ड गोली फेला परेको हो । गोली सहित शाहीलार्इृलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले शाहीले आफ्नो लाइसेन्स भएको बन्दुक रहेको बताएका छन् । अनुसन्धानको प्रक्रिया शुरु भएकाले सबैकुरा सोमवार मात्र आउने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width