न्यूयोर्क, (अमेरिका) २२ पुस । न्यूयोर्कमा मानवीय जीवन बच्चाउन हरेक दिन करीब २ हजार पोका रगत चाहिन्छ। यहाँ बसोबास गरी रहेका नेपालीहरुले उक्त जटिल अवस्थालाई सहज बनाउन आफ्नो ब्यस्त काम काजका बाबजुत पनि केही समय निकाली बिगत १० वर्षदेखी नियमित रुपमा रक्तदान गर्दै आएका छन ।
जनवरी ५, २०२० का दिन लङग आईल्याण्ड नेपाली समाज, न्यूयोर्कले आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ । नेपालीहरुले आयोजना गरेको कार्यक्रममा नै रक्तदान गर्न एक घण्टा टाढाको मोटर बाटोबाट आएर तुलसी आचार्यले रक्तदान गरिन् ।
रामकुमार ढकालले डबल रेडसेल डोनेसन गरे । उनले एक पटक दान गरेको रगतबाट नौ जनासम्मलाई बचाउन सहयोग हुनेछ । तेह्र महिनाकी सुत्केरी महिला बिमला डाँगी दुधे बालकलाई काखीमा च्याप्दै ‘म पनि रक्तदान गर्छुु भनेर नाम लेखाउन पुगेकी थिइन अहिले बच्चा साह्रै सानो छ अर्को वर्ष रक्तदान गर्नु भन्दै स्वास्थ्य कर्मीले फिर्ता पठाइदिए ।
समाजकी अध्यक्ष कल्पना थापा रक्तदान गर्न आउनेहरुलाई ब्यबस्थित बनाउदै सबै प्रति कृतज्ञता व्यक्त गर्दै थिइन् । समाजका अग्रज ब्यक्तित्व विश्वराज बास्तोला, दिवाकर पाण्डे, टिका ढकाल, विश्व रक्तदाता अर्जुन मैनाली लगायत उपस्थित भएर हौशला प्रदान गरिरहेका थिए । न्यूयोर्कमा एक वर्ष यता करिब छ सय जनाले रक्तदान गरिसकेका छन् ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
देवघाटमा मकर काव्य यामिनी
माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास
प्राडा पाठकको पदभार
नागीधार महोत्सव तयारी पूरा
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१