पोखरा । पोखरामा दोस्रो संस्करणको नदिपुर एमेच्योर फुटसल प्रतियोगिता बिहीबार (आज) देखि शुरु हुँदैछ ।
पोखराको गणेशटोलस्थित बीएफआइटी फुटसल स्पोर्टस्मा प्रतियोगिता हुनेछ । प्रतिभा भएर पनि प्रदर्शनका लागि उपयुक्त अवसर नपाएका एमेच्योर खेलाडीहरुका लागि नदिपुर युनाइटेड क्लबले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २० हजार सहित कप, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक जोर फुटसल जुत्ता र मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनेछन् । त्यस्तै, सर्वोत्कृष्ट गोलकीपरले एक थान ग्लोभ्स, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिताको समापनका दिन शुक्रबार नेपालको राष्ट्रिय पुरुष ह्याण्डबलका कप्तान बिशाल बस्नेत, गोलकीपर बिशाल नेपाली, दिनेश श्रेष्ठ र सुरज देवकोटालाई सम्मानपत्र तथा मायाको चिनोद्वारा सम्मान गर्ने कार्यक्रम रहेको प्रतियोगिता संयोजक रबिन मानान्धरले जानकारी दिए ।
प्रतियोगितामा ३५ टिमसम्मको सहभागिता रहने प्रतियोगिता संयोजक मानान्धरले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न २ लाख ५० हजार खर्च लाग्ने आयोजकको अनुमान छ ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा सहभागी सबै खेलाडीहरु अनिवार्य एमेच्योर हुनुपर्ने क्लबले प्रावधान राखेको छ । नकआउटका आधारमा संचालन गर्ने प्रतियोगिता ८÷८ गरि १६ मिनेट खेलाइनेछ । प्रतियोगितामा सहभागी सबै खेलाडीसँग अनिवार्य प्याड, फुटसल जुत्ता हुनुपर्ने आयोजकले तोकेको छ ।
Related News
सम्बन्धित समाचार
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
विद्यालय स्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट सुरु
पोखरामा एसिया कप ट्रायथलन: इजिप्टका इसमाइल र आइसल्यान्डका इडालाई उपाधि
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१