पोखरा , २९ मंसिर । पोखरामा पहिलो पटक न्यूरो सम्मेलन सम्पन्न भएको छ । मनिपाल शिक्षण अस्पताल पोखरा र ब्रेन एण्ड स्पाइन फाउन्डेशन नेपालको आयोजनामा पोखरामा “प्रथम वार्षिक मनिपाल न्यूरो सम्मेलन” सम्पन्न भएको हो ।
शुक्रबार र शनिबार दुई दिनसम्म पोखरामा चलेको सम्मेलनको क्रममा पहिलो दिन शुक्रबार भारतका प्रोफेसर डाक्टर शतीशचन्द्र गोरेले ढाडमा नशा चेपिएको अवस्थामा ठुलो घाउ नपारी दुरबिनले गरिने एन्डोस्कोपीक स्पाइन सर्जरी सम्बन्धी एक दिने वर्कशप गरेका थिए भने शनिबार न्यूरोसर्जरी सम्मेलनको बन्द सत्र चलेको थियो ।
सम्मेलनमा ५० प्रकारका वैज्ञानिक र क्लिनिकल रिसर्चका बारेमा छलफल भएको मनिपाल शिक्षण अस्पताल न्यूरोसर्जरी बिभागका एशोसिएट प्रोफेसर न्यूरो सर्जन डाक्टर बालगोपाल कर्मचार्यले जानकारी दिए । मनिपाल शिक्षण अस्पताल न्यूरोसर्जरी बिभागका एशोसिएट प्रोफेसर न्यूरोसर्जन डाक्टर बालगोपाल कर्मचार्यको अध्यक्षतमा सम्पन्न कार्यक्रममा प्रोफेसर डाक्टर शतीशचन्द्र गोरे, डाक्टर रवीन्द्रनाथ कोम्मी, डाक्टर कृष्ण शर्मा, डाक्टर बसन्त पन्त, डाक्टर निलम खड्का लगायतले बोलेका थिए ।
कार्यक्रमको संचालन डाक्टर रचना नकर्मीले गरेकी थिईन् । सम्मेलनमा नेपाल र भारतका विभिन्न अस्पतालका गरि १ सय २० जना न्यूरोसर्जन, न्यूरोलोजिस्ट, स्पाइन सर्जन, फिजियोथेरापिस्ट र न्यूरो नर्सहरूको सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
hero news full width
मुख्य समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पौष २९, २०८१पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
पौष २९, २०८१