शैक्षिक प्रदर्शनीमा विद्यार्थी भीड

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७६
N pabson_Fotor

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल, कास्कीले आयोजना गरेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनी अवलोकनमा कास्की बाहिरका विद्यालयको पनि सहभागिता हुने गरेको छ।

बिहीबार गैंडाकोटबाट सूर्यविनायक इङ्लिस सेकेण्डरी बोर्डिङ स्कूलका विद्यार्थी आएका छन्। विद्यार्थीलाई केही सिकाइ होस् भनी प्रदर्शनी अवलोकनमा ल्याएको विद्यालय शिक्षक किशोरकुमार मास्केले बताए।

‘एन प्याव्सान कास्कीले आयोजना गर्ने शैक्षिक प्रदर्शनी हेर्न लायकको छ भन्ने सुनेर विद्यार्थी लिएर आएका हौं’ शिक्षक मास्केले भने, ‘प्रदर्शनी अवलोकनले हामीलाई पनि थप सिकाइ भएको छ। ’

यस्तै कास्कीका अन्य निजी विद्यालयका विद्यार्थीले पनि शैक्षिक प्रदर्शनी अवलोकन गरेका छन्। प्रदर्शनीमा शिक्षक अभिभावक र विद्यार्थीको भीड बढेको छ। प्रदर्शनी हेर्न आउने विद्यार्थी तथा अभिभावक जिज्ञासु बनेर अवलोकन गर्ने गरेका छन्।

चारदिने प्रदर्शनीमा कास्कीका ३१ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका छन्।

शैक्षिक प्रदर्शनीमा पूर्व प्राथमिक तह, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन, भाषा अङ्ग्रेजी र नेपालीका विषयगत विधा रहेका छन्। प्रदर्शनीमा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेले ट्रफी प्राप्त गर्ने एन प्याव्सान कास्की अध्यक्ष हेमन्त अधिकारीले बताए। ‘शैक्षिक प्रदर्शनी अवलोकन गर्न बाहिर जिल्लाका विद्यार्थी पनि आएकाले आयोजक र सृजना गर्ने विद्यार्थी उत्साहित भएका छौं’ उनले भने, ‘समग्र रुपमा शैक्षिक प्रदर्शनी सफल भएको छ। ’

शुक्रबार हुने लोकनृत्य प्रतियोगितामा ३९ विद्यालयको सहभागिता छ। ७ देखि १२ जनाको समूहले प्रस्तुति राख्नेछन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै