नेपालकी गौरिका सिंहले सनसनी यस संस्करण दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पौडीमा सनसनी मच्चाइन्। गौरिका साग खेलकुदको एउटै संस्करणमा ४ स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेकी छन्।
ललितपुरको हिटिङ सिस्टमको पौडी पोखरीमा सोमबार भएको महिलाहरुको १ सय मिटर फ्रिस्टाइलमा गौरिकाले ५८ दशमलव १३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण पदक जितिन्।
यस स्पर्धामा भारतकी शिवांगी शर्माले ५८ दशमलव १५ सेकेण्डमा दूरी छिचोल्दै रजत र भारतकै एन्नी जैनले ५९ दशमलव ०४ सेकेण्डमा पूरा गरी कांस्य पदक जितिन्।
यसअघि, गौरिकाले ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर फ्रि–स्टाइल र २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जिति सकेकी छन्।
लामो समय बेलायत बसेर पौडी प्रशिक्षण लिदै आएकी गौरिकाले यसअघि भारतमा सम्पन्न १२ औं सागमा पनि बिभिन्न स्पर्धामा नेपाललाई रजत पदक दिलाएकी थिइन।
रियो ओलम्पिकमा सहभागी खेलाडीमध्ये विश्वकै कान्छी खेलाडीको रुपमा नाम लेखाएर विश्वभर नेपाल चिनाएकी गौरिका रियो ओलम्पिकमा सहभागी हुँदा १३ बर्षकी मात्रै थिइन्।
Related News
सम्बन्धित समाचार
एनएलएलमा धनगढीसँग पोखरा थन्डर्स स्तभ्ध
महिला खेलाडीबाट बढी स्वर्ण
सागमा महिला खेलाडीहरुले दिलाए नेपाललाई बढि स्वर्ण
पदकधारी नेपाली खेलाडीलाई सरकारको विशेष पुरस्कार
अबको १४ औं साग पाकिस्तानमा
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१