१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बिहीबारदेखि पोखरामा आर्चरी खेल शुरु भएको छ। पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएपछि बिहीबार उक्त खेलको उद्घाटनसहित अभ्यास खेल सुरु गरिएको हो।
पाकिस्तानले अन्तिम अबस्थामा आएर आफ्नो आन्तरिक कारण देखाउँदै आर्चरी खेलमा सहभागी नभएपछि बिहीबार अभ्यास वार्म–अपका खेल भएको नेपाल आर्चरी संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बसन्त थकालीले बताए। मंसिरको २३ गतेसम्म चल्ने उक्त खेलको उद्घाटन १३ औं साग स्थानीय व्यबस्थापन तथा सहजीकरण समिति पोखराका सदस्य एवं गण्डकी प्रदेश सांसद मोहन रेग्मीले गरेका हु्न्।
रेग्मीले पोखरामा साग हुनुले पोखराको खेल पर्यटनको प्रबद्र्धन हुने विश्वास व्यक्त गरे। पोखरामा हुने साग अन्तर्गतका खेलहरु भव्य रुपमा सम्पन्न गर्न सवैमा सांसद रेग्मीले आब्हन समेत गरेका छन्। नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।
बिहीबारदेखि र्याङ्किङ राउण्ड सुरु हुने भनिए पनि पाकिस्तान प्रतियोगितामा सहभागी नभएकोले शुक्रबारदेखि र्याङ्किङ राउण्ड सुरु हुने बरिष्ठ उपाध्यक्ष थकालीले बताए।
प्रतियोगितामा नेपालसहित भुटान, श्रीलंका र बंगलादेश सहभागी भएका छन्। भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागी हुँदैछन भने अन्य तीन देशका १६/१६ जना खेलाडीहरु सहभागी हुने भएका छन्। टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी ५ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने भएकोछ।
त्यसैगरी, कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्सतर्फ गरी ५ स्वर्ण गरी जम्मा १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरु प्रतिस्पर्धामा उत्रिने भएका हुन्। यस प्रतियोगितामा सहभागी खेलाडीहरुको विश्व आर्चरी महासंघले र्याङ्किङ गर्ने भएको हो।
Related News
सम्बन्धित समाचार
एनएलएलमा धनगढीसँग पोखरा थन्डर्स स्तभ्ध
महिला खेलाडीबाट बढी स्वर्ण
सागमा महिला खेलाडीहरुले दिलाए नेपाललाई बढि स्वर्ण
पदकधारी नेपाली खेलाडीलाई सरकारको विशेष पुरस्कार
अबको १४ औं साग पाकिस्तानमा
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१