जीप दुर्घटनामा मृत्यु भएको १० जनाको सामुहिक अन्त्येष्टि

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७६
aa

पोखरा, १८ मंसिर । बाग्लुङको बडिगाड गाउँपालिका– ७ को भिमगिठेमा मंगलवार भएको जीप दुर्घटनामा मृत्यु भएका एउटै गाउँका १० जनाको सामुहिक दाहासंस्कार गरिएको छ ।

इस्मा गाउँपालिका –५ को हुलाके घाटमा मंगलबार साँझ नै दाहासंस्कार गरिएको हो । प्रदेश नं ५ का प्रदेश सभा सदस्य दिनेश पन्थी, तथा नेकपाका जिल्ला सचिव बीरबहादुर कार्की, नेपाली कांग्रेसका सभापति भुवन प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला लगायतले दुर्घटनामा निधन भएका परिवारहरुको अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

दुर्घटनामा परी मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली दिन बुधबार ईस्मा गाउँपालिकाले शोक बिदा गरेको छ । मंगलबार कुलपूजाको लागि हिडेका ईस्मा गाउँपालिका–४ दोहली र ५ का १४ जनाको दुर्घटनामा मृत्यु भएपछि गाउँपालिकाले एक दिने शोक बिदा गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए ।कार्यपालिकाको बैठक बसेर मृतक तथा घाइते परिवारको लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width