कास्की २ को प्रारम्भिक मत गणनामा विद्या अगाडि

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७६
1

पोखरा, १५ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा शनिवार सम्पन्न मतदानको प्रारम्भिक  मतगणनाबाट नेकपाकी उम्मेदबार विद्या भट्टराई अधिकारी एक हजार एक सय ६५ मत अन्तरले अगाडि छन् ।

विद्या भट्टराई काँगेसले प्राप्त गरेको मतभन्दा १ हजा १ सय ६५ मतान्तरले अगाडि देखिएकी छन् । पहिलो चरणमा पोखरा–३३ को मतगणना गरिएको हो , उक्त वडा विद्या भट्टराई अधिकारीको आफ्नै वडा समेत हो ।

उक्त वडामा ५ हजार ६ सय ४३ मत खसेको थियो । भट्टराईले ३ हजार २ सय ७६ मत पाएकी छन् भने नेपाली काँग्रेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत प्राप्त गरेका छन् ।
समाजवादी पार्टीका धर्मराज गुरुङले ९५ मत प्राप्त गरेका छन् भने राप्रपाका रोमबहादुर भण्डारीले ४७ र साझा पार्टीकी रजनी केसीले ३२ मत प्राप्त गरेकी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width