पोखरा, २५ कात्तिक । युनाइटेड क्लबको आयोजनामा आगामी पुस २९ देखि माघ १२ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन गरिएको छ ।
दशाैं संस्करणको महोत्सव सम्पन्न गर्न महोत्सव आयोजक युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङको संयोजकत्वमा मूल आयोजक समिति र ३९ वटा उपसमिति गठन गरिएको हो । उपसमितिका संयोजकमा कार्यसम्पादनतर्फ सुकबहादुर गुरुङ, अतिथि व्यवस्थापनमा हिमालय बख्रेल, सांस्कृतिक व्यवस्थापनमा राजु श्रेष्ठ, सचिवालय व्यवस्थापनमा लोकबहादुर थापा, प्रचारप्रसारमा शान्तबहादुर थापा, अर्थ तथा कक्ष व्यवस्थापनमा गणेश तिमिल्सिना छन् ।
महोत्सवको सल्लाहकारमा विश्वप्रकाश लामिछाने, सेती थापा, रमेशबहादुर कार्की, लीलाधर अधिकारी, पोखरा महानगरपालिकाअन्तर्गत वडा नं १० का अध्यक्ष राजकुमार गुरुङ, ११ का अध्यक्ष मोहन बाँस्तोला, १३ का अध्यक्ष दर्शन लामा, १४ का अध्यक्ष प्रेमबहादुर कार्की, १५ का अध्यक्ष प्रकाश पौडेल, २४ का अध्यक्ष ओम सुवेदी, वडा नं ३१ का अध्यक्ष कमलबहादुर थापा छन् । क्लबको सक्रियतामा हुने महोत्सवबाट लेखनाथको पचभैयामा निर्माणाधीन चिडियाखाना, सेती नदी संरक्षणलगायतका सामाजिक कार्यमा सहयोग गरिँदै आइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१