खेमराज पौडेलको घरदैलो अभियान सिद्धार्थचोकबाट

आदर्श समाज सम्वाददाता
कार्तिक २३, २०७६
khemraj poudelll

पोखरा, २३ कात्तिक । नेपाली कांग्रेस कास्कीले आइतबारदेखि घरदैलो अभियान शुरु गर्ने भएको छ । कांग्रेसले आइतबार बिहान १०ः३० बजे पोखराको सिद्धार्थचोकबाट अभियान शुरु गर्न लागेको हो ।

कांग्रेस पोखरा महानगरपालिका वडा नं. ४, ८ र ९ कार्यसमितिले अभियान आयोजना गरेको हो ।कास्की क्षेत्र नं. २ का लागि नेपाली कांग्रेसले नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । बिहीबार उम्मेदवारी मनोनयसंगै कांग्रेसले चुनावी अभियान शुरु गरिसकेको छ । शुक्रबार क्षेत्रीय भेलामार्फत ३ हजार ५५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेको छ ।

समितिको मूल संयोजकमा पार्टी सभापति कृष्ण केसी, उपसंयोजकद्वयमा क्षेत्रीय सभापति माधव बाँस्तोला मधु र नगर सभापति बजीरमान श्रेष्ठ छन् । आइतबार घरदैलो अभियान शुरु हुने वडा पोखरा–४ मा यज्ञबहादुर थापा, ८ मा तारानाथ रानाभाट र ९ मा शुक्रराज शर्मा संयोजक रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width