नवलपुर, १ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले होमेस्टेलाई परियोजना रुपमा विस्तार गर्न चाहेको बताएका छन ।
तुलानात्मक रुपमा राम्रो काम गरेका होमेस्टे छनोट गरेर ती हामेस्टेलाई थप कार्यक्रमहरु दिइने मुख्यमन्त्रीको भनाई छ । नवलपुर जिल्लाको चिलाहा रतवल सामुदायिक ग्रामीण होमस्टेको विहीबार उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले यो वर्ष प्रदेशका २५ वटा उत्कृष्ट होमस्टे छनोट गरेर कृषि अर्गानिक गाउँको रुपमा विकासित गरेको अवधारणा सुनाए ।
उनले ती गाउँहरुका लागि आवश्यक खाद्यपदार्थ तीन गाउँलेनै उत्पादन गर्ने सक्ने क्षमता विकास गराउन यो अवधारणा अगाडि सारिएको बताए । यसरी कृषिको उत्पादनको क्षेत्र, संस्कृतिको संरक्षणको क्षेत्र, आर्थिक उपार्जन गर्ने क्षेत्र र सामुदायिक वातावरण संरक्षणको केन्द्र पनि होमेस्टे बन्ने लक्ष्य राखिएको बताए ।
प्रदेश सरकारले सुरु गरेको जलवायुमैत्री नमूना मुख्यमन्त्री कृषि गाउँ र होेमस्टेलाई निकट भविष्यमा जोडेर होमस्टे अवधारणा अगाडि बढाउन सकिने विकल्प आफूहरुसंग रहेको उनले बताए । होमस्टे कार्यक्रमले प्रदेशको गरिबी निवारणमा महत्वपुर्ण भूमिका खेलेको दृष्टान्त दिदै मुख्यमन्त्री गुरुङले जनताले इलम गर्ने इच्छा राखे सहयोगी बन्न प्रदेश सरकार तयार रहेको बताए ।
प्रदेश सरकारले आगामी ५ वर्ष भित्र गरीबीको रेखामुनी रहेका १४ प्रतिशत जनतालाई ७ प्रतिशतमा झार्ने लक्ष्यलाई होमस्टे कार्यक्रमले सहयोग मिल्ने पनि मुख्यमन्त्रीको आकांक्षा रहेको छ ।
कार्यक्रममा बोल्दै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले गत वर्ष प्रदेश सरकारले सञ्चालन गरेको होमस्टे अनुदान कार्यक्रम सफल भएको दावी गर्दै यस्तै कार्यक्रमहरु अझ विस्तार गर्न आफुहरु तयार रहेको जानकारी दिए ।
नवलपुरका संघीय सांसद तिलक महतले कम्युनिष्ट सरकारका कारण देशमा विकासको मुल फुटिरहेको दावी गर्दै विपक्षीले भ्रम छर्दैमा जनताले नपत्याउने बताए । प्रदेश सांसद रोशन गाहा मगरले नवलपुर क्षेत्रको पर्यटन संभावना अब तीन तहको सरकार मिलेर खोलिने दावी गरे । कार्यक्रममा प्रदेश सांसदहरु ओम कला गौतम र जनकलाल श्रेष्ठ लागायतले बोल्दै होमस्टे कार्यक्रम सफल बनाउन आफूहरुको सहयोग हुने बताए ।
होमस्टेमा बास बसे मुख्यमन्त्री
चिलाहा रतवल होमस्टेको पहिलो पहुना बनेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरङ विहिबार बास बसे । धर्मपत्नी कुमारी गुरुङसंग मुख्यमन्त्री गुरुङ होमस्टे नम्बर ८ मा बास बसेका थिए । मुख्यमन्त्रीसंगै उद्योग, पर्यटन, वन तथा वातारवरण मन्त्री विकास लम्साल र प्रदेश सांसद रोशन गाहा मगर पनि होमस्टेमा बास बसेका थिए । मुख्यमन्त्री र मन्त्रीहरुलाई थारुले स्थानीय परिकारको रुपमा घो“घी, चिच्चर, हा“सको खुवाएका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१