बुटवल, २६ असोज । तिलोत्तमा नगरपालिका–१४ बनकट्टी रुपन्देहीमा ४ करोड रुपैयाँको लगानीमा वातावरण मैत्री उद्योग सञ्चालनमा ल्याइएको छ ।
नन् ओभन ब्याग (गैर बुनेको झोला) तयार गर्ने उद्योग सञ्चालनमा आएको हो। तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले आइतवार उद्योगको उद्घाटन गरेसँगै प्लाष्टिक झोलाले फैलाउँदो वातावरणीय प्रदुषणलाई मध्यनजर गर्दै साङ्लो गु्रपले पहिलो उद्योगको रुपमा साङ्लो गु्रप एण्ड ईण्डष्ट्रिज प्रा.लि.को नामबाट उक्त नन् ओभन उद्योग सञ्चालनमा ल्याएको हो ।
मल्टीकलर प्रिन्टिङको सुविधा सहित उत्पादन सुरु गरिएको उक्त झोलाले द्रुतगतिमा बजार विस्तार गर्न सक्ने विश्वास ब्यक्त गरिएको छ । संस्थाका अध्यक्ष खिमानन्द भुषालको अध्यक्षता र तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कम्पनीको संक्षिप्त जानकारी गराउँदै अध्यक्ष खिमानन्द भुषालले समयको माग र बदलिंदो परिस्थितिसँगै सहयात्रा गरौं भन्ने उद्देश्यले सानोसानो पूँजीलाई एकीकृत गरीसाङ्लो गु्रप एण्ड इण्डष्ट्रिज प्रा.लिको स्थापना गरेर वातावरण मैत्री उद्योग सञ्चालनमा ल्याएको बताए ।
तिलोत्तमा नगरपालिकाले अगाडि सारेको ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा र राष्ट्रिय स्तरमै वातावरण सुरक्षाको लागि साङ्लो ग्रुप एण्ड ईण्डष्ट्रिज प्रा.लि. स्थापना सहयोगी भूमिकामा रहिरहने धारणा व्यक्त गरे । बर्तामान समयमा उद्योगले १३ जनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी गराउँदै अध्यक्ष भुषालले निकट भविष्यमै कृषि, यातायात, सहुलियत सपिङ मल लगायत उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने उद्देश्य बोकेको बताए ।
प्रमुख अतिथि तथा नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकाको वातावरण मैत्री योजनामा साङ्लो ग्रुपको उपस्थिति स्रहानीय भएको बताउँदै उद्योगले उत्पादन गरेका उत्पादनहरुको लागि बजारीकरणको कुनैपनि समस्या आउन नदिनेमा प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख घिमिरेले नगरपालिकाका सबै बजारहरुमा आफ्ना उत्पादनहरु पुर्याएर पूर्ण प्लाष्टिक झोला मुक्त गर्ने नगरपालिकाको अभियानमा सहयोग गर्नपनि आग्रह गरे । एक्लो प्रयासले कुनैपनि कामलाई सफलताको सिढीमा चढाउन असम्भव हुने हुँदा २५ जनाको संयुक्त लगानीमा सञ्चालनमा आएको उद्योग एक जनाको लागि उपयुक्त स्थान भएकोले फरक फरक क्षेत्रका अन्य २४ वटा उद्योगहरु पनि सञ्चालनमा ल्याउने महत्वाकांक्षी योजनाको बाटोमा चल्नको लागि सुझाव तथा शुभकामना ब्यक्त गरे ।
समाजसेवी तथा साङ्लो गु्रप एण्ड ईण्डष्ट्रिजका प्रा.लि सेयर सदस्य अमृत भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा तिलोत्तमा–१४ का वडा अध्यक्ष सोहन थारु, तिलोत्तमा १३ का वडा अध्यक्ष गणेश न्यौपाने, स्थानीय बुद्धिजीवी श्याम खरेल, रुपन्देही व्यापार संगठनका अध्यक्ष नारायण भण्डारी लगायतले मन्तव्य राख्दै साङ्लो ग्रुपले प्रसशंनीय कामको सुरुवात गरेकोले सफलताको लागि शुभकामना व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१