जापानमा एक नेपालीको निधन

rss रासस
भाद्र ३१, २०७६

बागलुङ, ३१ भदौ । गलकोट नगरपालिका–७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा निधन भएको छ ।

कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली सङ्घ जापानका सदस्य शिबु थापाले जानकारी दिए ।

दुई साताअघि रेष्टुराँमा काम गरिरहेका बेला एक्कासी बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । गङ्गा १४ वर्षअघि रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । उनको अन्तिम संस्कार बुधबार जापानमै गरिने भएको छ । उनकी श्रीमती, एक छोरा र एक छोरी छन् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

बेपत्ता श्रीपाली मृत फेला

नेपाल शिक्षक महासंघका अध्यक्ष पैडेललाई मातृशोक

दुर्घटनामा २ घाइते

प्रमुख समाचार

दश वर्षमा मध्यम स्तरको विकसित राष्ट्र –मुख्यमन्त्री गुरुङ

थप प्रमुख समाचार