पोखरा, ९ भदौ । लायन्स क्लब अन्नपूर्ण र लायन्स क्लब ग्रीन हिलको पहलमा केस्टेभिन स्लेफोर्ड बिद्यालय यूकेको आर्थिक सहयोगमा राष्ट्रिय मावि पुरानो टुडिखेलमा पानी टंकी निर्माढा भएको छ ।
प्रमुख अतिथि पूर्व डिष्ट्रिक गर्भनर लायन ध्रुव थापाबाट १० हजार लिटर अट्ने खानेपानी टंकीको सोमवार उद्घाटन गरिएको छ । लायन्स क्लबले मानवीय क्षेत्रमा पुर्याएको सहयोग निकै सह्रनीय रहेको थापाले बताए ।
लायन्स क्लब पोखरा अन्नपूर्ण पूर्व अध्यक्ष एवं परियोजना निर्देशक सोनाम साङपोले लायन्स क्लब अन्नपूर्णले राष्ट्रिय माविमा निर्माण गरिएको खानेपानी टंकी २०औ रहेको र केही दिनमा ३ वटा बिद्यालयमा त्यस्ता टंकी उद्घाटन गर्ने तयारी रहेको जानकारी दिए ।
राष्ट्रिय माविका प्रधानअध्यापक वेदप्रसाद वस्तीले सात समुन्द्र पारीबाट आएका बिदेशी बिद्यार्थीले यस माविका २४ सय बिद्यार्थीलाई शुद्ध खानेपानी उपलब्ध गराउन आर्थिक सहयोग गरेकोप्रति आभार व्यक्त गरे ।
उक्त खानेपानी टंकी निर्माणमा २ लाख ४ सय त्रिसट्टी रुपैयाँको लागतमा तयार भएको थियो सो अवसर क्लष्टर २५का क्लष्टर चीफ सुरेन्द्रमान बिजुक्छे जोन चियर पर्सन बुद्धबहादुर उदास पोखरा महानगर पालिका वडा नंं ३ वडा अध्यक्ष तथा लायन्स क्लब अन्नपूर्णका पूर्व अध्यक्ष रविन्सन प्रजू पूर्व अध्यक्ष डा .बसन्त ताम्राकार रुद्र घले नारायण बाटाजू र कृष्णप्रसाद श्रेष्ठ निवर्तमान अध्यक्ष दिनेश तुलाचन ग्रीनहिल लायन्स क्लबका निवर्तमानअध्यक्ष तथा खानेपानी टंकी निर्माण संयोजक कमला गुरुङ, प्रथम उपाध्यक्ष पद्मा कोइराला कडेल लायन्स क्लब अन्नपूर्णका अध्यक्ष प्रदीप राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संचालन ग्रीनहिलका सचिव हरिकला थापाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना
रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन
माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१