साउन पहिलो साता पोखरा लेकसाईड क्षेत्रबाट बाईबल सहित घरघरै डुली हिड्ने १ जना कोरियन नागरिक पक्राउ परे। ७३ वर्षीय चो युसाङ्गलाई जरिवाना लिएर आफ्नै देश फर्काइएको छ। त्यसको भोलिपल्ट बैदाम क्षेत्रबाटै पुनः २ जना समातिए। बाईबल सहित पक्राउ परेका दुवै जना जापानी नागरिक हुन्। प्रहरी अनुसन्धानबाट उनीहरु धेरै पहिलेदेखि पोखरा सहित नेपालका विभिन्न ठाउँमा पुगेर धर्म प्रचार गरेको देखाएको छ। जापानी नागरिकलाई पनि जापान फकाईएको कास्की प्रहरीले जनाएको छ।
अहिले पनि पोखराबाटै अर्का १ जना पक्राउ परे। उनी चाहीँ नेपाली नै हुन्। परमेश्वरले शरीरमा लागेको रोग निको पार्ने भन्दै भ्रम छरेर धर्म परिवर्तन गराउने पोखरा १७, महतगौंडाको सच्चाइ सत्संगका जमबहादुर पुन पक्राउ परेका हुन्। सबै धर्म मान्न मिल्ने, रोग निको हुने जस्ता प्रलोभन दिएर हरेक शनिवार सच्चाइमा बोलाउने गरेको अनुसन्धानले देखाएको छ।
पुनले बाइबल र प्रार्थना किताब सर्वसाधारणलाई किन्न बाध्य पार्ने गरेको स्थानीयले बताए। मूल्य उल्लेख नभएको बाइबलको किताब सर्वसाधारणले ६ सय ७० रुपैयाँमा किनेका छन्।
शनिवार सत्संगमा पुगेका सर्वसाधारणकै अगाडि पुन र उनकी छोरीले आफूहरु क्रिश्चियन रहेको र सच्चाइ पनि क्रिश्चियन भएको बताएका थिए। परमेश्वरको ध्यान गरे मुटुरोग, सबै प्रकारका रोग निको हुने भनी घरदैलो गरेर उनीहरुले त्यस क्षेत्रका स्थानीयलाई भेला गराएका हुन्। जुमबहादुरले भने, ‘परमेश्वरको कृपाले धेरै जना निको भएका छन्। गलत काम गरेका छैनौं।’ सच्चाइले विभिन्न क्षेत्रमा शाखा खोलेको छ।
शुरुमा अरु धर्म मान्न पाइने भनी सर्वसाधारणलाई झुक्याइने गरेको छ। बाइबल पढाउने, भजन गाउन लगाउने गर्दै विस्तारै धर्म परिवर्तन गराउने सच्चाइको कुटिल तरिका हो। वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक विजय भण्डारीले घटनाबारे अनुसन्धान भइरहेको बताए। स्थानीय दीपक आचार्यले घरघरै गएर सच्चाइमा गए निको हुन्छ भनी भ्रम छर्ने र छिमेकीलाई बाधा हुने गरी होहल्ला गरेकाले प्रशासनमा जानकारी गराएका थिए। पोखराको लामाचौरमा रहेको सच्चाइले विभिन्न क्षेत्रमा शाखा खोलेको छ।
सबै धर्म मान्ने त्यहाँ भएको दाबी गरिए पनि उनीहरुका गुरुमध्ये १ जना पनि क्रिस्चियनबाहेक अरु धर्मका छैनन्। सीधै धर्म परिवर्तन गर्न कठिन भएपछि उपचार र विश्वासको आवरणमा भ्रम फिजाउने सच्चाइलाई प्रशासनले कारबाहीको दायरामा ल्याउनुपर्ने स्थानीयको माग छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जुनसुकै नाममा धर्म परिवर्तन गराउने नियत देखिए कारबाही हुने बताए। ‘विदेशी भए जरिवाना लिएर फिर्ता पठाउने हो। नेपालीले त्यस्तो गरेको भए जरिवाना लिनू भनेको छ,’ उनले भने, ‘सच्चाइमा लागेर जीवनका लागि चाहिने केही सीप नसिक्ने र भाषण सिक्ने कुनै पनि हालतमा राम्रो होइन। यसबारे राज्यले नै निर्णय लिनुपर्छ।’ अहिले नै नियन्त्रण नगरे जटिल परिस्थिति आउन सक्ने उनले बताएका छन्।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१