बागलुङ पहिरो अपडेट

पहिरोले घर पुरिँदा बागलुङमा ३ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७६
010720160917361-30062-2-Pahiro-ko-trash-1000×0

पोखरा,२० साउन । बागलुङ जिल्लाको उत्तरपश्चिम तमानखोला गाउँपालिका–४ लाम्मेलामा गाउँमाथिबाट बगेको पहिरोले घर पुरिँदा दुई परिवारका तीन जनाको मृत्यु भएको छ ।
लगातार परेको बर्षाकै कारण राती २.०० बजे गाउँदेखि एक सय मिटर माथिबाट बग्दै आएको पहिरोले घर पुरिँदा सुतिरहेका तीन जनाको मृत्यु भएको हो ।

पहिरोले घर पुरिँदा ४५ वर्षीया सन्तकुमारी श्रीपाली, ७० वर्षीया अन्सरी श्रीपाली र उनक १२ वर्षीय नाति प्रवीण श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरीनायव उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार सन्तकुमारी श्रीपालीको शब बिहान पाँच बजे नै पुरिएको अवस्थाबाट निकालिएको हो भने अन्य दुई जनाको शब विहान ९.९० बजे पहिरोबाट झिकिएको हो । प्रहरी र स्थानीयवासीको सक्रियतामा घाइतेलाई उद्वार गरी अस्पताल पठाउने काम भएको हो ।

पहिरो गएको स्थान दुर्गम भएकाले प्रहरी त्यहाँ पुग्न तीन घण्टा लागेको थियो । पहिरोले घर पुरिँदा घरमा सुतिरको सात जना घाइते भएका छन् । घाइते मध्ये गम्भीर तीन जना ओमबहादुर श्रीपाली, अनिल श्रीपाली र राम श्रीपालीलाई हेलिकोप्टर मार्फत उपचारका लागि पोखरा पठाइएको जानकारी डिएस्पी भट्टराईले दिए ।

पहिरोले चार घर घर पूर्ण रुपमा क्षति पुर्याएको छ भने तीन घर सामान्य क्षेति पुर्याएको छ,। भागेर छिमेकीको शरणमा पुगेका परिवार सदस्यलाई अस्थाई बसोवासको र खाद्य सामाग्रीका लागि व्यवस्था गर्न प्रहरी र नेपाल रेडक्रस सोसाइटी लगायतका संस्थाले काम गरिरहेको जानकारी भट्टराईले दिए ।पहिरोले पशु चौपायासहित भौतिक सम्पत्तिको क्षति भएको र क्षतिको यकिन विवरण भने आउन सकको छैन, डिएस्पी भट्टराईले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग