साँस्कृतिक कार्यक्रम गरी घरघरै डष्टबीन

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७६
dastabin photo

लमजुङ, १९ साउन । लमजुङको बेसीशहर नगरपालिका– ३ गाउँशहरको थुम्काडाँडा स्थित जनज्योति युवा क्लबले घरघरै डष्टबीन वितरण गरेको छ ।

वडादशैंका अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रम र तिहारमा देउसीभैलो खेलेर संकलन रकमबाट जनज्योति युवा क्बले घरघरै डष्टबीन वितरण गरेको हो । क्लबले गाउँलाई सफा, स्वस्च्छ बनाउन गाउँका ७२ घरमा डष्टबीन वितरण गरेको क्लबका अध्यक्ष सञ्जय दुलालले बताए । उनका अनुसार क्लबले सञ्चालन गरेको साँस्कृतिक कार्यक्रमबाट संकलन भएको ५८ हजार रुपैयाँबाट डष्टबीन खरिद गरी ल्याएर गाउँमा वितरण गरिएको हो ।

थुम्काडाँडामा पर्यटन प्रवद्र्धनका लागि होमस्टे(घरबास कार्यक्रम)को पनि सुरुवात भइरहेको हुँदा गाउँमा आउने पाहुनाका लागि सरसफाइ आवश्यक हुने भएकाले गाउँको सरसफाइलाई समेत ध्यानमा राखी डष्टबीन खरिदगरी वितरण गरिएको उनले बताए । उनका अनुसार स्थानीयले उक्त डष्टबीनमा नकुहिने वस्तु राख्नका लागि प्रयोग गर्न भनिएको छ । कुहिने वस्तुलाई गाउँलेलाई मल बनाउने काममा प्रयोग गर्न सिकाइएको छ ।

एक कार्यक्रमकाबीच क्लबका अध्यक्ष दुलाल र बेसीशहर नगरपालिका कार्यापालिका सदस्य एंव भौतिक पूर्वाधार विकास संयोजक अजय मजाकोटीले संयुक्त रूपमा गाउँलेलाई डष्टबीन वितरण गरेका थिए ।

विभिन्न सामाजिक कार्यगर्दै आएको जनज्योति युवा क्लबले देउसीभैलो तथा साँस्कृतिक कार्यक्रम गरेर संकलन भएको रकमबाट यसअघिका वर्षहरूमा गोरेटो बाटो निर्माण, खेलकुद मैदान निर्माण, आर्थिक समस्या भएकालाई सहयोग गर्दै आउनुको साथै हराउँदै गएको संस्कृति संरक्षण गर्ने क्रममा रोटेपिङ संरक्षण लगायतको काम गर्दै आएको क्बलका पदाधिकारीको भनाई छ । उनीहरूका अनुसार क्लबको अगुवाईमा प्रत्येक हप्तामा गाउँमा सरसफाईको कार्यक्रम गर्ने गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् । उनी ११ हजार…
  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…

hero news full width