चितुवाले आक्रमण गर्दा बालक घाइते

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७६
chitiwa-tapaikokahbar-jpeg

तनहुँ १२ साउन । तनहुँ भानुनगरपालिका–२ ठूलो बगैंचामा चितुवाको आक्रमणबाट एक बालक गम्भीर घाइते भएका छन् ।

चितुवाको आक्रणबाट सोही स्थान निवासी ७ वर्षीय हेमराज सुनार घाइते भएका हुन् । घरनजिकैको बारीको पाटामा रहेको शौचालय जादैँगर्दा उनलाई चितुवाले आक्रमण गरेको जानकारी जिल्ला प्रहरी कार्यालय तनहुूँका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

चितुवाले सुनारको ढाड र घाँटीमा चित्थोरेपछि उपचारका लागि डुम्रे स्थित लक्ष्मी अस्पताल लगिएको भएपनि त्यहाँ उपचार हुन नसक्दाँ थप उपचारका लागि चितवन स्थित भरतपुर मेडिकल कलेज लगिएको छ ।

पछिल्लो समय भानु नगरपालिकाका केही वडामा चितुवा र भालुले स्थानीयलाई आक्रमण गर्दै आएको छ, । जिल्ला प्रशासनले कार्यालय तनहुँले एक विज्ञप्ति प्रकाशित गर्दै घाँसदाउरा गर्न जंगलमा जाँदा स्थानीय वासीलाई उच्च सतर्कता अपनाउन अग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तिमा रातीको समय र जंगलमा जाँदा उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

जिल्ला वन डिभिजन कार्यलय तनहुँका प्रमुख केदार बरालले विगतका दिनमा भानुनगरपालिकामा चितुवा र भालुको आक्रमणबाट ६ जनाले ज्यान गुमाइसकेको जानकारी दिए । स्थानीयहरुलाई चनाखो गराउने उदेश्यले विभिन्न खाले चेतनामुलक पर्चा,पोष्टर ,पम्पेलेट वितरण गर्नुको साथै विद्यालयका पुगेर विद्यार्थीलाई समेत सचेत गराउने काम भइरहेको बताए । जंगल फडानी र जनसंख्या वृद्धिका कारण वन्यजन्तुले खानेकुरा नपाउँदा मानिसलाई आक्रमण गर्न थालेको आशंका बरालले गरेका छन् ।

अन्जनराज न्यौपाने

Related News

सम्बन्धित समाचार

  • चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    चितवन । भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल हेभन…
  • आगलागीले सुन्तलाको बगैंचा सखाप

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    स्याङ्जा । सुन्तलाखेतीको पकेट क्षेत्रमा भएको आगलानीले सवा करोड मूल्य बराबरको क्षति पुगेको बताइएकोे छ । हालैको आगलागीले पुतलीबजार ११…
  • चट्याङ लागेर एकजनाकोे मृत्यु   

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    गलकोट । ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर…
  • पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पौडी खेल्ने क्रममा डुबेर पोखरामा एकै दिन २ जना बालकको ज्यान गएको छ । हर्पन खोला र फुस्रेखोलामा गरी…
  • कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते   

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौँबाट कलेजका विद्यार्थी लिएर…

hero news full width