उत्तरगङ्गाले बगाउँदा मृत्यु

रासस
श्रावण ९, २०७६
kali-gandaki-flood

बागलुङ, ९ साउन । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका भएर बग्ने उत्तरगङ्गा नदीले बगाउँदा एकको मृत्यु भएको छ भने एक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बुधबार दिउँसो ३ बजेको समयमा ढोरपाटन नगरपालिका–९ बस्ने नरबहादुर विक र सोही स्थानकै वर्ष २२ का सेते विक स्यालपाखेबाट नविगाउँ जान नदी तर्ने क्रममा उत्तरगङ्गाले दुवैलाई बगाएको थियो ।

नदीले बगाएकामध्ये नरबहादुरलाई मृतावस्थामा फेला पारेको र सेते हालसम्म बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए । घटनाको खबर पाएलगत्तै प्रहरी चौकी ढोरपाटनको प्रहरी सहायक निरीक्षक शिवराज सुवेदीको संयोजनमा चार जनाको टोली, शत्रुमर्जन गुल्म ढोरपाटनका १५ सेनाको टोली र स्थानीयवासीले नदी वरपर खोजीकार्य गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    चितवन । भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल हेभन…
  • आगलागीले सुन्तलाको बगैंचा सखाप

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    स्याङ्जा । सुन्तलाखेतीको पकेट क्षेत्रमा भएको आगलानीले सवा करोड मूल्य बराबरको क्षति पुगेको बताइएकोे छ । हालैको आगलागीले पुतलीबजार ११…
  • चट्याङ लागेर एकजनाकोे मृत्यु   

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    गलकोट । ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर…
  • पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पौडी खेल्ने क्रममा डुबेर पोखरामा एकै दिन २ जना बालकको ज्यान गएको छ । हर्पन खोला र फुस्रेखोलामा गरी…
  • कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते   

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौँबाट कलेजका विद्यार्थी लिएर…

hero news full width

trending post

ट्रेन्डिङ्ग