मस्याङ्दी नदीले वगाएर सात बर्षीया वालिका बेपत्ता

आदर्श समाज सम्वाददाता
असार २०, २०७६
dordi_khola

पोखरा, २० असार । लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका–९ बेलघारी स्थित मस्र्याङ्दी नदीले बगाएर शुक्रवार सात बर्षीया वालिका ऋतु गुरुङ बेपत्ता भएकी छन् ।

मस्र्याङ्दी नदीमा बालुवा झिक्दै गरेकी आमा नन्दुकुमारी खाजा पु¥याई नदी किनारको बालुवामा खेल्ने क्रममा नदीले वगाउँदा ऋतु बेपत्ता भएकी हुन् । सुन्दरबजार नगरपालिका– ९ वेलघारी निवासी सात बर्षीया वालिका ऋतुको खोजिकार्य भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय लमजुङले दियो ।

त्यस्तैगरी गोरखाको पालुङटार नगरपालिका–१० मिरकोट खड्कागाउँमा शुक्रबार करेण्ट लागेर एक युवक गम्भीर घाइते भएका छन् । काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–२ कपिलटार घरभई विद्युत प्राधिकरणमा काम गर्ने २१ बर्षीय दिनेश तामाङ करेण्ट लागेर घाइते भएका हुन् । ट्रान्समिटरको फ्यूज फेर्ने क्रममा करेण्ट लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको जानकारी जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width