कपिलवस्तु घटनाका आरोपी १२ वर्षपछि समातिए

आदर्श समाज सम्वाददाता
असार २०, २०७६
kapilavastu himsha

बुटवल २० असार । १४ जनाको ज्यान जाने गरी भएको कपिलवस्तु घटनाका फरार आरोपी १२ वर्षपछि पक्राउ परेका छन् ।

२०६४ भदौ ३० गते शिवराज नगरपालिकाको कुदरभेटवाका मुस्लिम अगुवा मोइद खाँको अज्ञात समुहले गोली हानी हत्या गरेपछि हिंसा भड्किएको थियो। घटनामा नेता खाँसहित १४ जनाको ज्यान गएको थियो। विभिन्न स्थानमा आगजनी, लुटपाट, तोडफोड भएको थियो ।

सोही घटनामा संलग्न भएको आरोपमा तीन जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। शिवराज नगरपालिकाको विसनपुरका भदई यादव, जगदीश गुप्ता, चिन्कु मुसलमानलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेयले बताए । पक्राउ परेका तीन अभियुक्त कपिलवस्तु घटनाका आरोपी रहेको उनले बताए। नेता खाँको हत्यापछि उनीहरुले देवीपुर गाउँमा आगजनी गरेर फरार भएका थिए ।

सोही घटनाले हिन्दु र मुस्लिमबीचमा विवाद बढेपछि बुटवलसम्म मुस्लिम र हिन्दूबीचमा अराजकता फैलिएको थियो। हिन्दुले मुस्लिमका मस्जिद जलाएका थिए भने मुस्लिमले हिन्दूका बस्तीमा आक्रमण गरेका थिए ।

उनीहरु फरार भएपछि अदालतले उनीहरुविरुद्धको मुद्दा मुल्तबी राखेको थियो। पक्राउ परेका उनीहरुलाई अदालतमा पठाईएको प्रहरी नायब उपरिक्षक पाण्डेयले बताए। घटनापछि विसनुपुर गाउँका एक सय बढी परिवार विस्थापित भएका थिए । विभिन्न पक्षको लामो पहलपछि मात्रै हिन्दु र मुस्लिमबीच भाईचाराको सम्बन्ध स्थापित भएको थियो। त्यसपछि विस्थापितहरुलाई गाउँमा पुनःस्थापना गरिएको कपिलवस्तु घटना पीडित संघर्ष समितिका संयोजक माधव पोख्रेलले बताए ।

घटनापछि सरकारले लोकेन्द्र मल्लिकको संयोजकत्वमा छानबिन समिति बनाएको थियो। तर अझैसम्म समितिको प्रतिवेदन सार्वजनिक भएको छैन। प्रतिवेदन सार्वजनिक नहुँदा अझैसम्म पीडितहरुले न्यायको अनुभूतिगर्न नपाएको उनले बताए ।

सरकारले मृतक परिवार र घटनाका पीडित परिवारलाई राहत स्वरुप केही रकम दिए पनि न्यायको अनुभूति गर्न नसकेको उनले बताए । सो घटनामा १ हजार ५४ घर, २ सय १६ सवारी साधन गरी २० करोड भन्दा बढीको क्षति भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    चितवन । भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल हेभन…
  • आगलागीले सुन्तलाको बगैंचा सखाप

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    स्याङ्जा । सुन्तलाखेतीको पकेट क्षेत्रमा भएको आगलानीले सवा करोड मूल्य बराबरको क्षति पुगेको बताइएकोे छ । हालैको आगलागीले पुतलीबजार ११…
  • चट्याङ लागेर एकजनाकोे मृत्यु   

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    गलकोट । ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर…
  • पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पौडी खेल्ने क्रममा डुबेर पोखरामा एकै दिन २ जना बालकको ज्यान गएको छ । हर्पन खोला र फुस्रेखोलामा गरी…
  • कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते   

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौँबाट कलेजका विद्यार्थी लिएर…

hero news full width

trending post

ट्रेन्डिङ्ग