गण्डकी प्रदेश सरकारले कोरियन कम्पनीसँग मिलेर अन्नपूर्ण संरक्षण क्षेत्रमा शीघ्र आपतकालीन केन्द्र निर्माण गर्ने भएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित छोम्रो आसपासमा आपतकालीन केन्द्र बनाउने सरकारले निर्णय गरेको हो।
यस्तै, मनाङ र मुस्ताङमा डिजिटल हेल्ट केयर सेण्टर निर्माण गरिने छ। पर्यटकको स्वास्थ्यमा पर्ने समस्या मध्यनजर गर्दै तत्काल उपचारको व्यवस्था मिलाउन आपतकालीन स्वास्थ्य केन्द्र बनाउन लागिएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। यसका लागि कोरियाको के.टी. कर्पोरेसन अम हामेजिल ह्युमन फाउण्डेसनले सहयोग गर्नेछ।
फाउण्डेसनले म्याग्दीको तातोपानीमा ड्रोन एजुकेसन ल्याव निर्माण गदैर्छ। यसमा ५ करोड रुपैयाँ लगानी हुनेछ। सबै रकम फाउण्डेसनले नै लगानी गर्नेछ। आपतकालीन केन्द्र र ल्याब स्थापना गर्न प्रदेश सरकारले केन्द्र सरकारसँग स्वीकृति मागेको छ। स्वीकृति पाउने वित्तिकै काम शुरु हुने बस्नेतले बताए। वुधवार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रमलाई ४० जनाको दरबन्दी स्वीकृत गरेको छ। कम्प्युटर अपरेटर, सवारीचालक, तथ्यांक सहायकसहित प्राविधिकहरुको पद रहने गरी दरबन्दी स्वीकृत गरेको हो।
यस्तै, प्रदेशभित्रका ३० हजार विद्यार्थीलाई ३ वर्षभित्र मुटु र न्यूरोको निःशुल्क जाँच गर्ने भएको छ। यसका लागि काठमाडौंको न्यूरो फाउण्डेसन अफ नेपाललाई जिम्मा दिने निर्णय गरेको हो। फाउण्डेसनले चीनको सहयोगमा न्यूरो जाँचका लागि प्रदेश सरकारसँग स्वीकृति मागेको थियो।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१