पाल्पा, २० माघ। कालीगण्डकी करिडोर (गैडाकोट–राम्दी–मालढुङा ) सडक आयोजनाको सडक निर्माणमा व्यावसायीहरूको लापरवाहीले २ वर्ष अगाडि खोलिनु पर्ने ट्रक्याक अझै खुलेको छैन।
ट्रक्याक नखुलेको रानीमहल क्षेत्रको अवलोकन गदै नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडाले ठेक्का लिएर काम नगर्ने मनसाय राखेका निर्माण व्यावसायीलाई कारवाहीको दायरामा ल्याउने बताएका छन्। मन्त्री खतिवडाले सार्वजनिक खरिद ऐन संशोधनको क्रममा रहेका बताउँदै सडक आयोजनाले निर्माण व्यावसायीलाई ताकेता गर्ने यदी अटेर गरेमा सरकारले ऐन संशोधनपश्चात् कारवाही थाल्ने बताए।
उनले राष्ट्रिय गौरवका आयोजनाहरूमा स्रोत र साधनको कमि नहुने भएकाले निर्माण कार्यलाई गतिदिन आयोजना प्रमुखलाई निदेर्शन दिएका छन्। २०६९/०७० देखि २०७१/२०७२ ठेक्का सम्झौता गरेका निर्माण व्यावसायीहरूले सयममा काम नगरेकाले पाल्पाको राम्दी–रानीमहल–रिडी खण्ड र स्याङजाको र्मिमि–फलेवास खण्डमा ट्रक्याक नखुलेको हो।
राम्दीधाम हुदै रानीमहल दरबार र रुरु ऋषिकेश क्षेत्रलाई जोड्ने सडकमा २ बर्ष यता निर्माण व्यावसायीहरूले काम नै गरेका छैनन्। आयोजना कार्यालय र निर्माण व्यावसायीहरूको चरम लापरवाहीले ट्रक्याक खुलाउने भन्दा सजिलो खण्ड काम गरेर बिल भुक्तानी लिने गरेका छन्।
रानीमहल खण्डको ठेक्कामा कार्यालयको मिलेमतोमा सजिलो काम गराउने तर रानीमहल नजिकको २ सय मिटर खण्ड सडक नखुलेकाले रानीहल आउने पर्यटकले सास्ती भोगेको स्थानीय लिलाधर भट्टराईले बताए।
रानीघाट–यम्घा खण्डमा हिमद थोकर कन्स्ट्रक्सन काठमाण्डौ, दैलातु– र्दपुक खण्डमा सन्तोषी प्यासिफिक कन्स्ट्रक्सन नेपाल प्रगति जेभी काठमाण्डौं, र्मिमि–फलेवास खण्डमा अमर सूर्य पशुपती जेभी सुखेर्त र गैडाकोट–पिपलडा“डा खण्डमा ओएसिस ई एण्ड बिल्डर्स भरतपुरले आयोजना कार्यालयले सम्र्पकलाई सूचना समेत निकालेको छ। निर्माण व्यावसायीले काममा ढिलासुस्ती गरेकाले राष्ट्रिय गौरवको आयोजनाको ट्राक्यक खोल्ने र स्तरउन्नतीका काम अलपत्र परेका छन्।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९