पोखरा, १ जेठ । उपसभामुख सृजना शर्माले महिला अधिकार कार्यान्वयनको शुरुवात स्थानीय तहबाटै गर्नुपर्नेमा जोड दिएकी छन् । उनले महिलाको नेतृत्व विकास नभएसम्म उनीहरुको कुनै पनि क्षेत्रमा अर्थपूर्ण सहभागिता नरहने पनि उल्लेख गरिन् ।
अन्नपूर्ण गाउँपालिकाको आयोजनामा क्षमता विकास तथा उद्घोषण तालिम मंगलबार उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् ।
उनले संविधानले व्यवस्था गरेका हकअधिकार व्यवहारिक कार्यान्वयनको लागि स्थानीय तहका महिला अग्रसर भएर लाग्नुपर्ने पनि सुझाव दिइन् । स्थानीय सरकार बलियो भएमात्र प्रदेश र संघीय सरकार बलियो हुने भन्दै उनले स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधि मिलेर काम गर्नुपर्ने बताइन् ।
कार्यक्रममा क्रियाशील पत्रकार महिला समूह (डब्लुडब्लुजे) कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनी, वान महासचिव दुर्गा अधिकारी, पत्रकार प्रकाश ढकाल, सुसाशनका लागि नागरिक समाज पोखराका कार्यक्रम अधिकृत भानु पराजूलीले सहजी गर्ने कार्यक्रम संयोजक गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले जानकारी दिइन् ।
तालिममा नेतृत्व विकास, उद्घोषण कला, प्रस्तावना लेखन, प्रतिवेदन लेखन लगायत विषयमा प्रशिक्षण दिइने गाउँपालिकाका अध्यक्ष युराज कुँवरले जानकारी दिए ।
गाउँपालिका उपाध्यक्ष सगुन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यपालिका सदस्य गंगा कुँवर र सञ्चालन नासु तोयनाथ तिमिल्सिनाले गरेका थिए।
तालिममा अन्नपूर्ण गाँउपालिकाका महिला जनप्रतिनिधि तथा विभिन्न संघसंस्थामा आबद्ध ५५ जना महिलाको सहभागिता छ ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१