सिर्जना बहिरामा पूर्व शिक्षकले स्थापना गरे अक्षयकोष

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०८०
Srijana Bahira School News

लेखनाथ । पोखरा २९ निवासी पूर्व शिक्षक विजयराज भण्डारीले जन्मदिनको अवसर पारेर पोखरा २६ को सिर्जना बहिरा माविमा अक्षयकोष स्थापना गरेका छन् । ६६ औं जन्मदिवसको अवसरमा विजयराज भण्डारी र श्रीमती सीता भण्डारीको नाममा विद्यालयको शैक्षिक विकासमा सहयोग पुग्ने गरी १ लाख रुपैयाँ बराबरको विजय÷सीता भण्डारी अक्षयकोष स्थापना गरेका हुन् ।

अक्षयकोषको ब्याजको आधा रकम गरिब तथा जेहेनदार विद्यार्थीको पठनपाठनमा खर्च गर्ने र बाँकी रकम कोषमा नै थप्ने कार्यविधि बनाइएको छ ।

विद्यालय सञ्चालक समिति अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक सुनील भण्डारी, सहायक प्रअ राजेन्द्रप्रसाद शर्मा, विद्यालय सञ्चालक समिति सदस्य गैरादेवी पाइजा, अम्बिका आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष हृदयकुमार श्रेष्ठ, शिक्षक संघ पोखरा महानगरपालिका सभापति किरण बाबु न्यौपानेलगायतले कोषको रकम सदुपयोग हुने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै