राधाकृष्ण वृद्धाश्रममा नवसिद्धार्थको खाद्यान्न वितरण

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०८०
Radha kirshna

पोखरा । नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गरी ६७ औं राष्ट्रिय सहकारी दिवस मनाएको छ । सहकारी दिवस मूल आयोजक समितिले आयोजना गरेको विभिन्न कार्यक्रममा ऐक्यबद्धतासहित चैत १९ गते कार्यालय परिसरमा सरसफाइ गरेको संस्थाले चैत २० गते मानवअधिकार चोक देखि सभागृहसम्म प्रभातफेरीसहित अन्तक्र्रिया र साँझ संस्थामा दीप प्रज्ज्वलन गरेको छ ।

दिवसको सन्दर्भमा संस्थाले चैत २० गते खाद्यान्न वितरण गरेको छ । जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइराला समेतको उपस्थितिमा पोखरा ३२ लामेआहालमा रहेको राधाकृष्ण वृद्धाश्रमा खाद्यान्न वितरण गरिएको संस्थाका व्यवस्थापक खेमराज अधिकारीले जानकारी दिए ।

सहकारीका अध्यक्ष भवानी श्रेष्ठ माकाजुले सहकारीमार्फत समतामूलक समाजको सपना देखेको बताउँदै समुदायका कुनै एक वर्ग अगाडि बढ्दा अर्को वर्ग पिछडिन नहुने बताए ।

राधाकृष्ण वृद्धाश्रमका संस्थापक तथा संरक्षक प्रेम लिगलले वृद्धाश्रमलाई सहयोग उपलब्ध गराइदिएकोमा सहकारीप्रति आभार व्यक्त गरे । संस्थाका उपाध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठले स्वागत र सचिव कुश्मा राणाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width