‘सहकारी समस्या समाधानमा जिल्ला सहकारी संघले अगुवाइ गर्नुपर्छ’

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०८०
sahakari news chitwan

चितवन । भरतपुरका मेयर रेनु दाहालले सहकारी देखिएको समस्या समाधानका लागि चितवन जिल्ला सहकारी संघले अगुवाइ गर्नुपर्ने बताएकी छन् ।

६७ औं राष्ट्रिय सहकारी दिवस अवसरमा भरतपुरमा आयोजित कार्यक्रममा उनले सहकारीमा देखिएको बेथिति अन्त्य गर्न भरतपुर महानगर पनि सकारात्मक रहेको उल्लेख गरिन् । सहकारीको जननी जिल्ला चितवन र भरतपुर १९ साविकको बखानपुर भएकाले यहाँबाट देशलाई सुशासनको सन्देश दिनुपर्ने उनको तर्क थियो । चितवनमा २०१३ साल स्थापना भएको बखान ऋण सहकारी समितिको सम्झना गर्दै यो दिवस मनाउने गरिएको हो ।

महानगरपालिकाले ३ सय ६३ वटा सहकारीलाई व्यवस्थित गर्न मर्जरको प्रक्रियालाई अघि बढाएको छ । महानगरले दुग्ध उत्पादनमा संलग्न सहकारीलाई चिलिङ भ्याट, मिल्क एनालाइजर सेट, कृषि सहकारी, कृषि सहकारीलाई मिल खरिदको लागि ५० प्रतिशत लागत साझेदारी प्रदान गर्ने गरेको छ ।

राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले सहकारी समुदायमा आधारित भए कुनै पनि समस्या नआउने दाबी गरे ।

कार्यक्रममा भरतपुरका उपमेयर उपप्रमुख चित्रसेन अधिकारी, संघका संस्थापक अध्यक्ष टेकप्रसाद गुरुङलगायतले बोलेका थिए ।

भरतपुर महानगरमा बचत तथा ऋण सहकारी १ सय ३१, दुग्ध सहकारी ७४, कृषि सहकारी ४५, बहुउद्देश्यीय सहकारी ३६, साना किसान सहकारी १२, तरकारी तथा फलफूल ६, उपभोक्ता ४, सञ्चार २, जडीबुटी २, मत्स्य १, मौरी सहकारी १, पर्यटन सहकारी १ र संघ, प्रदेश र भरतपुरमा दर्ता भएका ८ वटा सहकारी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै