घान्द्रुक साहु खलकको सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०८०
Old shelter

पोखरा । घान्द्रुक साहु खलक अन्नपूर्ण गाउँपालिका १०/११ ले बुधबार पोखरा वृद्धाश्रममा सहयोग हस्तान्तरण गरेको छ । आश्रममा नगद १ लाख ७६ हजार तथा २० हजार बराबरका खाद्यसामग्री प्रदान गरिएको हो । खाद्य सामग्रीमा चामल, तेल, बिस्कुट, चियापत्ती, दाल, चिनीलगायत छन् ।

कार्यक्रममा धारणा राख्दै सहयोग संकलन समितिका संयोजकसमेत रहेका पूर्व राज्यमन्त्री प्रकाशबहादुर गुरुङले खलकमा आबद्ध सबैसँग अर्थ संकलन गरी हस्तान्तरण गरिएको स्पष्ट पारे । उनले हाल संयुक्त अधिराज्य, हङकङ तथा पोखरामा खलकका अधिकांश सदस्य रहेको जानकारी दिँदै आगामी दिनहरूमा पनि सकेसम्म सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

वृद्धाश्रमका अध्यष कुसुमकेशव पराजुलीले सहयोगप्रति आभार प्रकट गर्दै सदुपयोग हुने विश्वास दिलाए । उनले वृद्धाश्रमलाई सुविद्यासम्पन्न आश्रम तथा हेरचाह केन्द्रका रुपमा विकास गर्न खोजिएको स्पष्ट पार्दै दानबाटै नै संस्था सञ्चालन भइरहेको औंल्याए ।

सहयोग हस्तान्तरका लागि खलकको तर्फबाट पूर्व राज्यमन्त्री गुरुङसहित कप्तान पदमलाल गुरुङ, मेजर ललित गुरुङ, रसबहादुर गुरुङ, मुक्ति गुरुङ सम्मिलित टोली आश्रम पुगेको हो ।
खलकले सहयोग हस्तान्तरण जस्तै विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । आश्रममा हाल ५० ज्येष्ठ नागरिकले आश्रय लिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width