रुपा गाउँपालिकाले मनायो स्थापना दिवस

आदर्श समाज सम्वाददाता
फागुन २८, २०८०
rupa padam

पोखरा । रूपा गाउँपालिकाले आइतबार विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । सो अवसरमा कृषि प्रदर्शनी, माला प्रतियोगिता, झाँकी प्रदर्शनी र अध्यक्ष कप भलिबल खेल भयो ।

अध्यक्ष कप भलिबल खेलमा चापाकोट ४ प्रथम भयो । फाइनलमा रूपा ५ लाई हराएको हो । शुक्लागण्डकी १२ तेस्रो भयो ।

माला प्रदर्शनीमा शान्ति रूपा बराथोक तमु समाज रूपा ६ प्रथम, सत्य तमु आमा समूह द्वितीय र चन्द्रज्योति आमा समूह तृतीय भए ।
वडास्तरीय कृषक सम्मान कार्यक्रमतर्फ वडा १ देखि ७ सम्म क्रमश शान्ता श्रेष्ठ, बामदेव सुवेदी, सूर्यदीप पराजुली, रवीन्द्र शाही, शीला क्षत्री, जोरली मियाँ, वडा ७ कडुजे कृषि तथा पशुपक्षि फर्म विष्णुबहादुर थापा मगर सम्मानित भए ।

गाउँपालिकास्तरमा वडा ३ को टाँकान्जा कृषि फर्म (वीरेन्द्रकुमार श्रेष्ठ), वडा ४ को सिद्ध बहुउद्दद्देश्यीय कृषि फर्म (बुद्धिबहादुर गुरुङ), वडा ५ को डाँडामुख डिई दुध तथा कृषि फर्म (काशिराम बसौला, हरिचन्द्र बसौला र सूर्यबहादुर क्षत्री, ६ को खड्का कृषि तथा पशुपंक्षी फर्म (तिलबहादुर खड्का) र ७ को मादीगंगा एग्रो फर्म एन्ड लाइभस्टक फर्म (बाबुराम न्यौपाने) छन् ।

झाँकीतर्फ देउराली नेवाः खल रुपा ५ प्रथम भयो । शान्ति रूपा बहाराथोक तमु समाज दोस्रो र प्रगतिशील आमा समूह तेस्रो भए । चिसापानी टोल विकास संस्था सान्त्वना भयो ।
वडाले विश्वराज अधिकारी (खानेपानी तथा सरसफाई टेक्निसियन), वडा ५ वडासचिव यमुना ढकाल, शिक्षकतर्फ शिवालय माविका प्रअ रूपेन्द्र प्रभावी जोशी र कमल आधारभूत प्र।विकी प्रअ निर्मला अधिकारी भण्डारीलाई पनि सम्मान गरेको छ ।

नवनियुक्त कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कार्यक्रम उद्घाटन गरेका हुन् ।

गाउँपालिका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेल, संघीय सांसद मनबहादुर गुरुङ लगायतको सहभागिता थियो । स्वागत मन्तव्य उपाध्यक्ष लालसुब्बा गुरुङले दिएकी थिइन् । चन्द्रप्रभा माविका विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width